विराटनगर,११ जेठ।प्रदेश नं १ को प्रदेश सभाको दशौं तथा बजेट अधिवेशन यही जेठ १६ गते सोमबार विहान ११ बजेका लागि आव्हान गरिएको छ।
प्रदेश प्रमुख परशुराम खापुङ्गले प्रदेश सरकार मन्त्रिपरिषदको सिफारिश अनुसार उक्त्त वैठक आव्हान गर्नु भएको हो।
उहाँले नेपालको संविधानको धारा १८३ को उपधारा (१) वमोजिमे उक्त्त दिन अधिवेशन आव्हान गर्नु भएको हो।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्त्ता नरेन्द्रकुमार श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा अधिवेशन आव्हान सम्वन्धित सूचना सम्वन्धित सबैको लागि जानकारी गरिएको उल्लेख गरिएको छ।
प्रतिक्रिया