फलफूलै गायब

– अरुणबहादुर खत्री “नदी” २०७९ जेठ ११ गते २:१९ मा प्रकाशित

 

उर्मिला आफ्नो घर नजिकैको फलफूल पसलमा तिहारको टिका लगाएर दाजुभाइलाई दिन फलफूल किन्न पुगिन्।तीन दर्जन केरा,दुई किलो सुन्तला र दुई किलो स्याउ किनेर घरमा लगिन्।घरमा पुगेपछि आफूले किनेको फलफूलको झोला भुइँमा राखेर अरु काम गर्न थालिन्।भाइटिका लगाउने साइत शुरु हुन लाग्दा प्लाष्टिकको झोलाबाट फलफूल निकाल्दा केरा मात्रै रहेछ।सुन्तला र स्याउको झोला चाहि रहेनछ।

तुरुन्तै आफूले फलफूल किनेको पसलमा पुगेर साहुजीसंग “तपाईको पसलमा आज बिहान मैले स्याउ,सुन्तला र केरा किनेको थिए घरमा पुगेपछि प्लाष्टिकको झोलाबाट फलफूल निकाल्न खोज्दा केरा मात्रै रहेछ सुन्तला र स्याउ चाहि रहेनछ” भनिन्।साहुजीले “खै यहाँ त तपाईले छोड्नु भएको छैन अन्त कतै छोड्नु भयो होला” भने।“तपाईको पसलबाट फलफूल किनेर म सिधै घर गएको छु” उनले भनिन्।

“त्यसो भए तपाईजस्तै अरु कोही फलफूल किन्न आउने ग्राहकले लगेको हुन सक्छ मैले आफूले घाटा खाएर तपाईलाई फेरि सुन्तला र स्याउ दोर्यायर दिन सक्दिन” साहुजीले भने।“ठिकै छ साहुजी आज मेरो राशीमा नोक्शान लेखेको हुन सक्छ तपाईको पसलमा अर्को पटकदेखि केही पनि किन्न आउन मलाई मनै लागेन” उनले अँध्यारो अनुहार लगाउँदै खिन्न हुँदै भनिन्।

– अरुणबहादुर खत्री “नदी”

सामाखुसी मार्ग,सरकारी धारा,काठमाडौ.

प्रतिक्रिया