बोहनी

अरुणबहादुर खत्री “नदी” २०७९ जेठ ९ गते १०:५३ मा प्रकाशित

एकदिन तरकारी किन्न बेलुका तरकारी बजार लाग्ने कपुरधारामा पुगे । कपुरधारामा पुगेपछि तरकारी बेच्न बसेकी साहुनीले दाजुु आज मेरो तरकारी किनेर हजुरले बोहनी गरिदिनु पर्यो दाजुले बोहनी गरिदिनु भयो भने मेरो तरकारी सबै विक्री हुन्छ भनिन् । हुन्छ नि त मलाई तरकारीको भाउ मिलाएर दिनु म बोहनी गरिदिन्छु नि मैले भने ।

डेढ किलोको फर्सी जोखेर मैले किलोको पचास रुपैँयाको दरले पचहत्तर रुपैँया पर्नेमा पाँच रुपैँया घटाएर सत्तरी रुपैँयामा किनेर बोहनी गरिदिए । मैले दिएको पैसा साहुनीले ढोगेर राखिन् । फर्सीलाई घरमा लगेर फ्रिजभित्र राखे । भोलिपल्ट ठूलो एकादशीको दिन रोटीसंग फर्सी चोखो हुन्छ भनेर खानको लागि काट्न लाग्दा फर्सी भित्र सबै कुहिएको रहेछ । खानै नहुने भएर फर्सी सबै फालिदिनु पर्यो । बोहनी गरिदिदा उल्टो मलाई ठूलो नोक्शानी भयो नि भनेर पछुताउन पुगे ।

सामाखुसी मार्ग, सरकारी धारा,
वडा नं. २६, काठमाडौं
मोबाइल नम्बर ९८४१७९७६६४

 

प्रतिक्रिया