टिका र देवेन्द्रको घर एउटै गल्लीभित्र थियो । एकदिन उनीहरूका बिचमा झगडा पर्यो।बोलचाल बन्द भयो।
टिकाले आफ्नो घरको वरीपरि गमलामा राम्रा राम्रा फूलका बिरुवा रोपेकी थिइन्।फूल राम्ररी फुलेका थिए।
एकदिन देवेन्द्र दौरा,सुरुवाल र ढाका टोपी लगाएर फूलको अगाडि उभियो र मोबाइलबाट आफ्नी श्रीमती सन्ध्यालाई फोटो खिच्न लगायो।
फोटो खिच्न लागेको देखेपछि देवेन्द्रले सुन्नेगरी टिकाले भनिन्,“बोलचाल नभएका मान्छेले रोपेका फूलअगाडि उभिएर फोटो खिच्न लाज लाग्नुपर्ने!”
अर्कोदिन टिकाको पानी तान्ने पम्प बिग्रियो।टिका दुईटा बाल्टीन लिएर देवेन्द्रका घरमा गइन्।पानी भर्नै लागेकी थिइन्,त्यस्तैमा टिकाले सुन्नेगरी सन्ध्याले भनिन्,“नबोल्ने मान्छेको घरमा आएर पानी भर्न लाज लाग्नुपर्ने ।”
+++
अरुण नदी खत्री
सामाखुसी मार्ग,सरकारी धारा,
काठमाडौं फोन नं.४३५३५९४
प्रतिक्रिया