स्थान गेथेसवर्ग,राज्य मेरिल्याण्ड,संयुक्त राज्य अमेरिका।प्रत्यक्ष देखेको चिनजान भएको नाम नसोधेको।म पसले भएको कारण उनिहरुलाई सर र म्यामबाटै सम्बोधित गरिन्थ्यो।मैले पसलमा काम गर्न थालेदेखि नै उमेरले ७४ बर्ष जति एउटा पाँच फिट ८ इन्च जति अग्लो गोरा आँउथ्यो र “मलाई हाई बडि हाउ आर यु ? आई निड टु कार्टुन म्याभरिक सिल्भर वान हन्ड्रेड फर माई वाइफ” हाम्रो भाषामा भन्नु पर्दा “साउजी मलाई दुई पेटी म्याभरिक चुरोट चाहियो मेरी स्वास्नीको लागि” उनको परिचय भनेको सेताम्मे फुलेको कपाल,लामो जुँङा,एउटै खाले ज्याकेट र जिनको पैन्ट कपडाको जुत्ता ख्वान्ज्याङ ख्वान्ज्याङ गरेर हिँडेरै आँउथ्यो उनि चुरोट खरिद गर्न।जब उनि हाम्रो पसलको प्रांगनमा देख्थें मलाई एक प्रकारको आनन्द लाग्थ्यो कारण उनि आए पछि मेरो दुइ सय डलरको व्यापार हुन्छ भनेर। उनि आँखा कम देख्ने रहेछ,क्रेडिट कार्डलाई भुक्तानी गर्ने मिशिनमा राख्न मलाई नै अराउथेँ।उनको आँखा कमजोर भएर।उनि भन्थे “ आई ट्रस्ट यु गाइ” म तिमीहरुलाई विश्वास गर्छु म खुसि भएर एउटा लाईटर उपहार स्वरुप दिन्थे।
बसन्त ऋतुदेखि शरद ऋतुको अन्तिम सम्म ति मेरो ग्राहकले Silverado 15 truck मा trailer राखेर व्यापारिक तवरको चार पाँचवठा घाँस काट्ने यन्त्रहरुलाई तानेर हाम्रो पेट्रेल पम्पको आइल नम्बर वानमा पेट्रोल भर्न एउटा ६५ बर्षको उन्को सहयोगी लाई साथमा लिएर आँउथ्यो भित्र आएर “मे आई ह्याप १४० डलर ग्यास पम्प नम्बर वान” मलाई एक सय चालिस डलरको पेट्रेल पम्प नम्बर एकमा दिनु पर्यो भनेर आउँथे हप्ताको एक दिन।
उनि कहिले काँहि अलि ठुस्स परेको अनुहार लिएर मेरो पसलमा चुरोट खरिद गर्न आँउदा मैले केहि नबोलि उनलाई दुइ पेटी चुरोट दिएर पठाउथे।सायद घरमा स्वास्नीसंग केहि ठाकठुक भएर होलान् मानिसहरुको स्वाभाव पनि यस्तै हुन्छ। उमेरले त्रिहत्तर बर्षको भै सक्यो तर पनि काम गरि राखेको छ मेरो ति ग्राहकले ।उनि कट्टर रिपब्लिकन तर गरिब छ,जीवनलाई धान्नको निमित्त अझै काम गरि राखेको छ।एक दिन मैले भएभरको साहस बटुलेर सोधेँ मेरो ग्राहकलाई “हाउ इज योर वाइफ डुइङ सर” महाशय तपाईकी श्रीमतीलाई कस्तो छ ? उनले उत्तरमा “ सि इज नट डुइङ् वेल” उनको हालत ठिक छैन” भनेर उत्तर दिए।उनले थपे “ सि इज सफरिङ लँङ क्यान्सर” उनि फोक्सोको क्यान्सरले बिमारी छिन।उसो भए किन चुरोट पिलाउनु हुन्छ त तपाई भनेर “यु सुड नट लेट हर इस्मोकिङ” उनि मेरो वाक्याङस नसकिदै भन्छ “ आइ थिङ सिग्रेट विल लिप हर” चुरोटले नै छोडलान एक दिन भनेर रुन्चे अनुहार बनाएर निस्के बुढो।
अप्रिलको पहिलो हप्तामा मैले सेन्च्यारिका होलसेल पसलबाट धेरै सामानहरुलाई ल्याउन आदेश गरेँ त्यस मध्ये दुइ पेटी म्याभरिक सिल्भर पनि मगाए । तर मेरा ग्राहक आएनन् । दिँउसो १ बजेतिर उनि आफनो ट्रकमा ग्यास भर्न आए मैले भने “ तिम्रो चुरोटले तिमिलाई पर्खि रहेको छ” उनले रुन्चे स्वरमा उत्तर दिए, “माई वाइफ इज इन्द हस्पिटल” मेरी स्वास्नी अस्पतालमा छिन उनि निको भए पछि सायद म लिन आँउला ।
मैले भने उन्लाई “ माई प्रेयर एण्ड थड आर विथ हर” मेरो प्रार्थन र उनको शिग्र स्वास्थ्या लाम होस भने पछि उनले धन्यवाद भनेर ग्यास भरेर निस्के।उहि ट्र्कमा झण्डै तिस ग्यालन साधारण ग्यास भरेर निस्के आफनो मौसमी व्यापारमा उहि साथी लिएर उनकी स्वास्नी अस्पतालमै थिइन।गत सोमबारका दिन उनि आए र भन्यो “ मे आई ह्याभ हन्ड्रेड सिक्टी ग्यास पम्प नम्बर वान” एक सय साठी डलरको ग्यास चाहियो।मैले सोधेँ तपाईकी श्रीमतीलाई कस्तो छ ? अलि नराम्रो अनुहार गरेर भन्यो “ सि इच डाई “ उनि मरिन।कहिले भनेर सोधेँ आज विहाना ।मैले उनिहरुको भाषामा सम्बेदना र प्रार्थन गरे।उनले धन्यवाद दिएर आफनो काममा गए।
स्वास्नीकी लास राखेर ७४ बर्षको बाजे काममा जान्छ यो रहरले कि बाध्यताले ? रहरले पक्क्रै होइन,यहाँ दाहसंस्कार गर्न आठ नौ हजार डलर लाग्छ,त्यो रकम कसैले तिरेर दिदैनन् आफनो परिवारले नै व्यहोर्न पर्छ।थरथर काप्दै लुलो भै सकेका खुट्टालाई घिसार्दै काम गर्न पर्ने।सबैले ठान्छन अमेरिका स्वर्ग हो भनेर मेरा आँखाले नै देख्यो नर्क पनि यहाँ छ।
हामी कहाँ भए सारा गाँउलेहरु जम्मा हुन्थ्यो,बिचार ल्याएर,सारा काममा सहयोग गर्थे,जाँतो पिन्नेले धान ढिँकीमा कुटनेले।मलामीहरुले कसैले बाँस ल्याउँथे कस्ले लासलाई मसान घाटमा लगेर दहसंस्कार गर्न।यहाँ त आफनी प्राण भन्दा प्यारी श्रीमतीको शवलाई शवगृहमा राखेर ज्यालादारी काममा जानु पर्ने बाध्यातालाई कसरी समकाजले यसको मूल्यांकन गर्ने यहि हो पाश्चत्य देशको सभ्यता र संस्कार ? थर थर कामेर काम गर्न जान कसैलाई पनि रहर त अवश्य होइन होला नि ? अर्को एउटी धनाढ्या बुढि एउटा बिलासित भवनमा बस्छे तर उमेरले नब्बे काटि सके सारिरिक रुपले अस्वस्थ छिन,एउटी छोरि अलास्कामा बस्छे बुढिलाई स्यार्न चौबिसै घण्ट नर्सहरुको व्यवस्था छ तर उनको सम्पती खाने राज्यले हो जिन्दगी भरि कमायो तर अन्तमा जाने रित्तो नै हो।
-डिग बहादुर तामाङ्ग,भेडापु,दोलाखा।
प्रतिक्रिया