युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले शुक्रबार रूसी हवाई हमलालाई “पूर्ण दुष्ट, निरपेक्ष मूर्खता” को प्रतीक भनेका छन । आक्रमणबाट सांस्कृतिक केन्द्रको विनाश पछि कम्तिमा ७ जना घाइते भएका छन् ।
जेलेन्स्कीले हवाई हमलाको संचार माध्यम टेलिग्राममा अङ्कियदृश्य (भिडियो)प्रकाशन गरे ।
नयाँ मर्मत गरिएको संस्कृति घरलाई ध्वस्त पारेको छ भने आक्रमणको कारण भवन धूलो र भग्नावेष भएको छ । खार्किभ क्षेत्रको लाजोभा शहरमा एक बच्चा सहित कम्तिमा ७ जनालाई घाइते बनाएको छ ।
कब्जाकर्ताहरूले संस्कृति, शिक्षा र मानवतालाई आफ्नो शत्रुको रूपमा पहिचान गराउछन् । त्यस्ता लक्ष्यहरू छनौट गर्ने मानिसहरूको दिमागमा के छ? स्वेच्छाचारी दुष्ट र स्वेच्छाचारी मूर्खता भन्दै उक्त आक्रमणको अङ्कियदृश्य (भिडियो )मुनि ,उनले भने ।
प्रतिक्रिया