भर्खर प्रकाशीत उपन्यास ‘बौलाको डायरी’ चर्चा

इनेप्लिज २०७९ जेठ १ गते २१:०० मा प्रकाशित

पर्वतको फलेवासमा जन्मिएर हाल अमेरिकाको बोस्टनमा बसोबास गर्नुहुने साहित्यकार महेश्वर पन्त लिखित उपन्यास ”बौलाको डायरी” पढेँ ।विश्वभरका कोभिड प्रभावितहरुमा समर्पित २२७ पृष्ठको कृति तेजबहादुर घर्तिको डायरीको रुपमा हामीमाझ आएको छ ।मुल्य रु ४५०/- राखिएको पुस्तक कालीभक्त-कृष्णा पन्त स्मृति प्रतिष्ठान नेपालले २०७८ फागुनमा प्रकाशन गरेको हो । ”पुस्तक बिक्रीबाट प्राप्त रकम कालीभक्त-कृष्णा पन्त प्रतिष्ठान मार्फत सामाजिक साहित्यिक क्षेत्रमा समर्पित गरिने छ ।” भनि उद्घोष गरिएको छ ।

उपन्यास ” बौलाको डायरी” को आरम्भ कोरोनाबन्दको समयमा फ्लासब्याक शैलीमा शुरु गरिएको छ । यस उपन्यास भित्र गाँउले परिवेशमा बालापनको मिठो अनुभव समेटिएको छ ।निम्न बर्गीय किसानको पिडा मर्म उजागर गरिएको छ । महिला हिंसाका घटनाहरुको दयनिय अबस्थाको चित्रण र पहिचान गरिएको छ । मध्यपश्चिम र सुदुर पश्चिमी भेगमा बोलिने स्थानिय लवजको प्रयोग गरिएको छोटा मिठा संवादले स्वादिलो बनेको छ उपन्यास।

अपराधीलाई लुकाउने र निर्दोषलाई फसाउने काममा सरकारी संयन्त्र कसरी लागेका हुन्छन् भनि देखाईएको छ ।जनताहरु किन र कसरी दश बर्षे जनयुध्दमा होमिन बाध्य भएँ भन्ने पक्ष केलाईएको छ । एउटा तेजिलो केटो तेजबहादुर जो पशु डाक्टर बन्ने सपना लिएर हिडेको थियो किन र कसरी कामरेड तारा हुदै म्यान पावरको दलाल हुदै बौला बन्यो भन्ने कारुणिक सामाजिक यथार्थको रुपमा आएको छ ” बौलाको डायरी ” मैले त पढीसके हजुरहरु पनि पढने हो कि ?

बन्दना घिमिरे ज्यूको
फेसबुकबाट

 

 

 

प्रतिक्रिया