विराटनगर,३० वैशाख।जनता समाजवादी पार्टी,नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले विराटनगर–१४ स्थित विज्ञान सङ्काय स्नातकोत्तर क्याम्पस मतदान केन्द्रमा आज मतदान गर्नु भयो।
यसैगरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले विराटनगर–७ स्थित आदर्श मावि विद्यालय केन्द्रमा मतदान गर्नु भएको छ।
यस्तै नेकां केन्द्रीय सदस्य सुजाता कोइरालाले विराटनगर–७ स्थित आदर्श माविकै मतदान केन्द्रमा मतदान गर्नु भएको छ।
नेकां केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले विराटनगर–११ स्थित जनपथ उच्च मावि मतदान केन्द्रमा मतदान गर्नु भएको छ।
यस्तै नेकां केन्द्रीय सदस्य अमृत अर्यालले विराटनगर–१० स्थित भानु आधारभूत विद्यालयमा मतदान गर्नु भएको छ।
नेकां विराटनगर महानगरपालिकाका प्रमुख पदका उम्मेदवार नागेश कोइराला , राप्रपाकका प्रमुख पदका उम्मेदवार प्रल्हादप्रसाद साहले विराटनगरको सरस्वती उच्च मावि मतदान केन्द्रमा मतदान गर्नु भएको छ।
नेकपा एमालेका महानगरपालिकाका प्रमुख पदका उम्मेदवार सागर थापाले विराटनगर–४ स्थित आधारभूत विद्यालयमा मतदान गर्नु भएको छ।
विराटनगर महानगरपालिका निवर्तमान प्रमुख भीम पराजुलीले पूर्वाञ्चाल विद्यालय इन्जिनियरिङ क्याम्पस मतदान केन्द्रमा मतदान गर्नु भएको छ।
यसैगरी नेकपा एमाले उपप्रमुख पदकी उम्मेदवार शिल्पा निराला कार्कीले विराटनगर–११ जनपथ उच्च मावि,जसपाका उपप्रमुख पदका उम्मेदवार अमरेन्द्र यादवले विज्ञान सङ्काय स्नातकोत्तर क्याम्पसमा मतदान गर्नु भएको छ।
प्रतिक्रिया