विराटनगर,२७ वैशाख।नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री महेश आचार्यले संसदीय प्रणालीलाई मजवुत बनाउन पार्टीका उम्मेदवारलाई बिजयी गराउन आग्रह गर्नु भएको छ।
मोरङको कटहरी गाउँपालिकाका आज आयोजित चुनावी सभामा उहाँले जनताको विकास र रोजगारीको चाहनालाई परिपूर्ति गर्न उम्मेदवारहरु दत्तचित्तभै लाग्नु पर्नेमा जोड दिनु भयो।
पालिकामा नेकाकातर्फबाट अध्यक्षका उम्मेदवार देवराज चौधरीले सिंहिया,जुडी र लोहन्द्रा नदीमा तटबन्ध निर्माण गरि वाढीबाट हुने कटान रोक्ने प्रतिवद्धता व्यक्त्त गर्नु भयो।
सभामा उपाध्यक्षका उम्मेदवार मन्जिता चौधरी, गाउँपालिकाका अध्यक्ष रामकुमार कामत,गोकर्ण भट्टराई एवं एक देखि सातसम्म नं सम्मका वडा अध्यक्षका उम्मेदवारहरुले पालिकामा गणस्तरीय शिक्षा,स्वच्छ खानेपानी,कालोपत्र सडक निर्माण गर्ने आश्वासन दिनु भयो।
यस अघि उम्मेदवार सहित निस्किएको मोटर साईकल र्यालीले सम्पूर्ण पालिकाको परिक्रमा गरेको थियो।
प्रतिक्रिया