विराटनगर,२४ वैशाख।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विराटनगरको गौरवशाली इतिहासलाई पुनःस्थापित गर्ने बताउनु भएको छ।
नेकपा एमाले महानगरस्तरीय चुनावी भेलालाई आज यहाँ सम्बोधन गर्दै उहाँले विराटनगरलाई औद्योगिक नगरीको रुपमा विकास गरी सुविधा सम्पत्र र हराभरा सहर बनाउने प्रतिवद्धता व्यक्त्त गर्नुभयो।
राजनीतिक रुपमा पनि विशेष महत्व बोकेको यो स्थानमा पहिलो पटक रेडियो नेपाल स्थापना भएको स्मरण गर्दै उहाँले भत्रुभयो,‘ सही ढङ्गले विकास गर्ने जनप्रतिनिधि नहुँदा मुलुक अधोगतिमा जाने छ।’
नेकपा एमाले अध्यक्ष ओली आफनो तीन वर्षे शासनकालमा मधेशमा हुलाकी सडक,शिक्षाबाट बञ्चितलाईलाई भर्ना अभियान सञ्चालन गरेको स्मरण गराउँदै उहाँले भत्रभुयो,‘मधेशमा आगामी दुई वर्षमा एक लाख ८५ हजार विघा जग्गा सिँचाई हुने सुनकोशी मरिन ड्राइभ निर्माण,जेष्ठ नागरिक भत्ता, विद्युतभार कटौतीको अन्त्य जस्ता कार्य गरेको छु।’
पूर्वप्रधानमन्त्री ओलीले गठबन्धन दल बहुदलीय प्रतिस्पर्धामा एमालेसँग डराएकाले स्थानीय पालिका निर्वाचनमा विभित्र स्थानमा उम्मेदवारी दिन नसकेको धारणा राख्नु भयो।
उहाँले भत्रुभयो,‘ गठबन्धन दलको आयु आगामी असार १७ गतेसम्म मात्र रहनेछ,त्यसपछि उहाँहरु कहाँ जाने थाहा छैन।’
एमाले अध्यक्ष ओली जनताका पक्षमा जान कार्यकर्तालाई निर्देशन दिँदै यही वैशाख ३० गतेको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरुले अत्यधिक सफलत हासिल गर्ने विश्वास व्यक्त्त गर्नुभयो।
उहाँले चेतनाको आन्दोलनको नेतृत्व गरेको गरेको विराटनगर महानगरपालिका देखि आसपासका क्षेत्रमा पनि विजयी हुने दावी गर्नुभयो।
सभामा नेकपा एमालेबाट महानगरका प्रमुखका उम्मेदवार सागर थापा र उपप्रमुखका उम्मेदवार शिल्पा निराला कार्की लगायतले विराटनगरलाई दोस्रो ठूलो सहर बनाउने संकल्पमा निजी क्षेत्रको सहयोग लिने भन्दै विराटनगरलाई सहरको रुपमा विकास गरी आर्थिक क्षेत्रको चलायमन बनाउने प्रतिवद्धता व्यक्त्त गर्नुभयो।
प्रतिक्रिया