साथी

अरुण नदी खत्री २०७९ वैशाख २४ गते ९:४५ मा प्रकाशित

एकदिनको कुरा हो रामचन्द्रको उसँगै स्कुलमा पढ्दाखेरीको पुरानो साथी प्रकाशसँग पुतलीसडकमा भेट हुन पुग्यो।उनीहरु बीच भेट भएपछि “बाटोमा उभिएर के गफ गर्ने जाऊ न कुनै एउटा चिया खाने होटलभित्र बसेर एकएक कप चिया पिउदै गफ गरौँ न” प्रकाशले भने।हुन्छ नि त कुनै एउटा होटलभित्र बसेर चिया पिउदै गफ गरौ रामचन्द्रले पनि भने।

उनीहरु पुतलीसडकको एउटा होटलभित्र बसेर एकएक कप चिया मगाएर गफ चलिरहदा त्यही होटलमा उनीहरुसँगै पढ्ने साथी राजु पनि टुप्लुक्क आइपुग्यो। राजुलाई उनीहरुले “चिया पिउने ?” भनेर सोधे।राजुले “म चिया पिउदिन।म त रक्सी पिउछु” भन्यो।“चिया पिउने भए मात्रै हामी चिया मगाएर तिमीले खाएको चियाको पैसा पनि तिर्छौ रक्सी खाने भए हामी तिमीले खाएको रक्सीको पैसा तिर्न सक्दैनौ” रामचन्द्रले भने।

रामचन्द्रले त्यसोे भनेपछि राजुले “मैले खाएको रक्सीको पैसा तिर्दैनौ भने तिमीहरु आजदेखि मेरो साथी हुने छैनौ” रिसाएर भन्यो।“राजु तिमीले हामीले मगाएको चिया खाएनौ भने तिमी हाम्रो साथी आजदेखि हुने छैनौ नि” प्र्रकाशले भन्यो।

-अरुण नदी खत्री

सामाखुसी मार्ग,सरकारी धारा,काठमाडौं

प्रतिक्रिया