दिउँसोको समयमा म घुम्दै एक ठाउँमा पुगेको थिएँ।मेरो खल्ती भने रित्तो थियो। तर मलाई हिँड्दा हिँड्दै भोकले खपिनसक्नु भयो।केही खानेकुरा किनेर भोक शान्त पार्नु पर्यो भनी खल्ती छामेको त रित्तै पो रहेछ।यताउती हेर्दा एउटा गर्जिला होटलभित्र साहुनीलाई हसिलो अनुहारमा देखे।साहुनीसंग रमाइलोसंग वात मार्नु पर्ला,भोक पनि हटाउनु पर्ला भनेर म सिधैँ होटलभित्र पसिहाले।साहुनीले के चाहियो दाई तपाईलाई ? भनिन्।मैले मलाई साह्रै भोक लागेको छ।तरकारी चिउरा दिनुस् न भने।साहुनीले तरकारी र चिउरा प्लेटमा हालेर दिइन्।साहुनीसंग दुःख सुखका कुराहरु गर्दैै निकै स्वादिष्ट मानी खान थाले।चिउरा चपाउन समय लाग्ने हुदा करीव आधा घण्टा लाग्यो मलाई खाजा खाइसक्नलाई।उठेर हिड्नै लाग्दा साहुनीले पैसा दिन संकेत गरिन्।तर मैले भारी मन र अनुरोधको शैलीमा आज मेरो खल्ती रित्तो रहेछ त्यसैले तपाईलाई पैसा दिन सकिन।
तपाइले मलाई दाइ भनी साइनो लगाई हाल्नुभयो।म पनि तपाइलाई वहिनी मानी पैसाभन्दा ठूलो कुरा माया नै दिएर जान्छु भने।शुरुमा त साहुनीले तपाईले दिएको मायाले पेट भरिन्न अनि के गर्नु भनिन्।प्रत्युत्तरमा मैले पैसा भन्दा माया पाउन निकै गाह्रो छ साहुनी,यो त मुटुसंग सम्वन्धित छ।कहिलेकाही आफ्नै बाबुआमावाट पनि माया पाउन सकिदैन।तर पैसा तपाईले बाटोमा माग्न बसे पनि धेर थोर पाउन सक्नुहुन्छ र जसले माग्नेलाई पैसा दिन्छ उसले माया गरेर दिएको हुदैन त्यसमा केवल दया मात्र हुन्छ।मेरो जवाफले साहुनी एकछिन त किंकर्तव्यविमुढ भइन। पछि विस्तारै ठिकै छ त दाइ मेरो पनि आफ्नै दाइ छैनन् यसैले भाइटिकाको दिन टिका लगाउन अवश्य आउनु होला भनिन्।
अरुणबहादुर खत्री “नदी”
सामाखुसी मार्ग,९३५÷५४,काठमाडौं
मोबाइल नम्बर ९८४१७९७६६४
प्रतिक्रिया