प्रमिलाले आफूले सानैदेखि चिनेको रिनासंग भेट हुंदा “तिम्रो घर नजिक कुनै घरमा दुईटादेखि तिनवटासम्म कोठा खाली छैन” भनेर सोधिन्।रिनाले “मेरो घरसंगैको घरमा दुईदिन मात्रै भयो एउटा फ्लाट खाली भएको भनिन्।“त्यसो भए मलाई लगेर देखाइदेऊ न म अहिले बसीरहेको घरको घरधनीले एकमहिनाभित्र हामीलाई तपाई बस्नु भएको कोठा चाहिने भएकोले खाली गरिदिनु भनेका छन् अहिले नै गएर मलाई देखाइदेऊ न त” प्रमिलाले भनिन्।रिनाले प्रमिलालाई खाली कोठा लगेर देखाइदिइन् र प्रमिलालाई कोठा मन पर्यो।घरधनीसंग भाडा सोधेर घरधनीले भाडा बताएपछि हामी बस्छौ नि त भनेर प्रमिलाले भनिन् र भोलिदेखि नै आएर खाली कोठामा प्रमिलाको परिवार बसे।
केही वर्ष बितेपछि प्रमिला बसेको घरको घरधनीले अन्तै आफूले किनिराखेको जग्गामा घर बनाएर सरे।घर बनाएर सरेको एकवर्ष पछि प्रमिला बसेकोे घर घरधनीले विक्री गर्न खोज्यो।विक्री गर्न खोजेको थाहा पाएपछि रिनाले हामीले नै किन्नुपर्छ कि भन्ने सोचाइ राखिन्।नपुगेको पैसा कतै ऋण लिएर भए पनि हामीले नै त्यो घर किन्न सकियौ भने त्यो घर पुरै भाडामा लगाएर हामीलाई खानपनि पुग्छ नि भनिन्।घरधनीसँग रिनाले “हामी किन्छौ नि त तपाईको घर अरुलाई नबेच्नुहोला नि हामी भने तपाईको नजिकैको छिमेकी पनि हौं नि” भनिन्।“हुन्छ म तपाईले किन्नु हुन्छ भने अरुलाई बेच्दीन नि त” घरधनीले भने।केहि महिना बितेपछि त्यो घर डेरामा बस्ने प्रमिलाहरुले नै किनेर भाडा नतिरीकन बस्न थाले।
प्रमिलाले त्यो घर किनेपछि आफूलाई खाली कोठा लगेर देखाइदिने छिमेकी घरको रिना र रिनाका परिवारलाई देख्नै सकिनन्।प्रमिलाले त्यो घर किनेको थाहा पाएपछि छिमेकी घरको रिनाका परिवारले हामीलाई किन्छौ भन्दा पनि किन्न पाइएन त्यो घर डेरामा बस्नेलाई बेचेरै छाड्यो भनेर चित्त दुखाए।डेरामा बस्नेले घर किनेपछि हामीभन्दा ठूला मान्छे कोही छैनौ भनेर फूर्ति गर्न थाले।केही समय बितेपछि त्यो घर किन्ने प्रमिलाको श्रीमान् प्रकाशको क्यान्सर रोगले मृत्यु भयो।प्रकाशको मृत्यु भएपछि उनीहरुलाई खान र लगाउन धेरै धौ धौ पर्यो।त्यसपछि उनीहरुले मुन्टो निहुराएर अनुहार बिगारेर हिँड्न थाले।केही दिनको फूर्ति लगाएर हिँडेर के गर्ने अहिले आएर उनीहरुलाई दःख भोग्नु पर्यो छिमेकी घरका परिवारले भने।
– अरुणबहादुर खत्री “नदी”
सामाखुशी मार्ग, सरकारी धारा,
फोन नं. ४३५३५९४
काठमाडौं
प्रतिक्रिया