विवेकशील साझा पार्टीले धनगढी उपमहानगरपालिकाको उपमेयरमा विमला पन्त ओझालाई उम्मेदवार बनाउनुभएको छ। इतिहास र समाजशास्त्रमा स्नातकोत्तर गरेकी विमला ओझासँग ३४ वर्ष उ.मा.बि.शिक्षक रहेको र २८ वर्षदेखि विभिन्न सामाजिक सङ्घ-संस्थाको संस्थापक रहेको अनुभव छ।
उनले महिला सशक्तीकरणका लागि विभिन्न कार्यक्रम संचालन गर्दै विगत २२ वर्ष देखि कैलाली र कञ्चनपुरका अति विपन्न परिवारका १३ सय बालिकाहरूलाई प्रत्येक वर्ष १०+२ सम्म पठनपाठनका लागि आवश्यक सबै सामग्री सहयोग गरी पढाइको जिम्मेवारी लिएकी छन्। त्यसपछि उच्च शिक्षा अध्ययनको चाहना भएकालाई पनि उनले पढाउँदै आएकी छन्।
ओझा १४ वर्षदेखि जिल्ला अदालत कैलालीमा बाल इजलासमा समाजशास्त्रका रूपमा संलग्न छिन्।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा डा अमित केसी र उपमेयरमा रूपा गुरुङ उम्मेदवार
विवेकशील साझा पार्टीले तिलोत्तमा नगरपालिकाको मेयरमा डा अमित केसी र उपमेयरमा रूपा गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
मेयरका उम्मेदवार अमित के.सी. दृष्टि रोग विशेषज्ञ हुनुहुन्छ। तिलोत्तमा वडा नं. ७ भलवारी निवासी केसीले २ दशकयता आँखा उपचारको क्षेत्रमा सेवा पुऱ्याउँदै आएका छन्। डा. के. सी. विभिन्न सामाजिक सङ्घ-संस्था र अभियानमा पनि आबद्ध छन्।
तिलोत्तमा नगरपालिका वडा नं १४ निवासी उपमेयर उम्मेदवार रूपा गुरुङ विगत एक दशकयता शिक्षण पेसामा आबद्ध छिन्। साथै उनले विभिन्न सङ्घ-संस्था र सामाजिक अभियानमा आबद्ध हुनुका साथै शालीन र मेहनती उद्यमीको परिचय बनाएकी छन्।
प्रतिक्रिया