जेलेन्स्कीसँग भेट गर्न स्पेन तथा डेनमार्कका प्रधानमन्त्रीहरू युक्रेनको राजधानी कीभमा

इनेप्लिज २०७९ वैशाख ८ गते ११:१२ मा प्रकाशित

 

स्पेन र डेनमार्कका प्रधानमन्त्री युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग भेट्न बिहीबार कीभ आइपुगेको उनीहरूको कार्यालयले जनाएको छ।

युक्रेनको राजधानीमा आइपुगेपछि स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज तथा डेनमार्कका प्रधानमन्त्री मेटे फ्रेडेरिक्सन सान्चेजको आधिकारिक सामाजिक खाताबाट ट्वीट गरिएको छोटो अङ्कियदृश्य (भिडियो)मा सँगै देखा परेका छन् ।

“युक्रेनलाई स्पेनको समर्थन, ऐक्यबद्धता र प्रतिबद्धता छ,” प्रकाशित गरिएको खातामा भनिएको छ । फ्रेडरिकसनको कार्यालयले समेत सामाजिक संजाल मार्फत ट्वीट गर्दै उनी र सान्चेजले “राष्ट्रपति जेलेन्स्कीसँग युक्रेनलाई ठोस समर्थन प्रदान गर्न भेट्नेछन्।” भनेको छ ।

“उनीहरूले युक्रेनको वर्तमान अवस्था, युक्रेनीहरूलाई थप समर्थन र रूसी आक्रमणको सम्बन्धमा युद्ध अपराध र मानवअधिकार उल्लङ्घनको अभियोगमा छलफल गर्न भेट्नेछन्,” फ्रेडरिकसेनको कार्यालयले एक विज्ञप्तिमा भन्यो।

रुसले युद्ध अपराधको आरोपलाई अस्वीकार गरेको छ । यसको सेनाले नागरिकहरूलाई लक्षित गर्दैन भनि दाबी गरेको छ । तर युक्रेनको भूमिमा सिएनएनका पत्रकारहरूले देशभरि धेरै स्थानहरूमा अत्याचारको प्रत्यक्ष प्रमाण देखेका छन भनि समाचार लेखेको छ ।

यस हप्ताको सुरुमा स्पेनले कीभमा आफ्नो दूतावास फेरि खोल्ने घोषणा गरेको थियो जुन फेब्रुअरीको अन्तमा युक्रेनमा रूसको आक्रमण पछि बन्द भएको थियो।

प्रतिक्रिया