अमेरिकाद्वारा युक्रेनमा युद्धका लागि रुसलाई लक्षित गरी नयाँ प्रतिबन्धको घोषणा

इनेप्लिज २०७९ वैशाख ७ गते २०:०८ मा प्रकाशित

अमेरिकाले युक्रेनमा युद्धका लागि रुसलाई लक्षित गरी नयाँ प्रतिबन्धको घोषणा गरेको छ । संयुक्त राज्य अमेरिकाले बुधवार युक्रेन विरुद्धको युद्धमा रुस विरुद्धको आफ्नो पछिल्लो चरणको प्रतिबन्ध जारी गरेको छ ।

यस पटक अमेरिकाले एक प्रमुख वाणिज्य बैंक र अमेरिकाको लागि मनोनित रूसी कुलीन कोन्स्टान्टिन मालोफेयेभको नेतृत्व रहेको ४० भन्दा बढी व्यक्ति र संस्थाहरूको विश्वव्यापी संजाललाई लक्षित गरेको जनाएको छ ।

एक समाचार विज्ञप्तिमा, अमेरिकी ट्रेजरी विभाग(अर्थ बिभाग)ले “रूसको परोक्ष (भर्चुअल) मुद्रा खनन उद्योगमा काम गर्ने प्रतिष्ठानहरू खबर अनुसार विश्वको तेस्रो ठूलो” लाई पनि लक्षित गरिरहेको बताएको छ।

यसको साथै थप रूपमा विदेश विभागले ६३५ रूसी नागरिकहरूलाई प्रवेश आज्ञा समेत प्रतिबन्ध लगाएको छ । जो “रूस र विदेशमा असहमति दबाउनमा संलग्न छन्, जो युक्रेनको क्षेत्रीय अखण्डतालाई खतरामा पार्ने गतिविधिहरूमा संलग्न छन्, र जो मानवअधिकार हननमा संलग्न छन् भनि अमेरिकी अर्थ बिभाग (“यूएस ट्रेजरी)ले उल्लेख गरेको छ ।

तीन रुसी अधिकारीहरूले “मानवअधिकारको घोर उल्लङ्घनमा संलग्न भएको र बेलारुसमा प्रजातन्त्रलाई कमजोर पार्ने १७ व्यक्तिहरूलाई पनि प्रवेशआज्ञा (भिसा) प्रतिबन्धको सामना गर्नेछन्,” भनि बिभागले जनाएको समाचार सिएनएनले प्रकाशित गरेको छ ।

प्रतिक्रिया