युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मंगलबार अङ्कियदृश्य ( भिडियो)मा सम्बोधन गर्दै रुसलाई नागरिकहरूलाई लक्षित गर्न “दुष्टको स्रोत” को रूपमा चिन्ह लगाइने बताए ।
रुसी सेना सधैं इतिहासमा संसारको सबैभन्दा बर्बर र अमानवीय सेनाको रूपमा लेखिनेछ,” जेलेन्स्कीले भने। उनले अगाडी भने ,रुसले “नागरिकहरूको लक्षित हत्या र अन्तर्राष्ट्रिय महासन्धिहरूद्वारा निषेध गरिएका सबै प्रकारका हतियारहरू सहित आवासीय भवनहरूको विनाश गरेको बताए ।
यो रूसी सेनाको ट्रेडमार्क(व्यापार-चिह्न) मात्र हो र यसले वास्तवमा रूसी संघलाई दुष्टको स्रोतको रूपमा चिन्ह लगाउनेछ।
खार्किभ र डोनबास क्षेत्रहरूमा रूसी आक्रमणको तीव्रता “उल्लेखनीय रूपमा बढेको छ,” जेलेन्स्कीले भने।
मेरिउपोलमा, स्थिति “क्रूर र अपरिवर्तित छ ,” जेलेन्स्कीले भने।
उनले रुसी सेनाले मेरिउपोलबाट निकाशी मार्गमा रोक लगाएको दाबी गरे। जेलेन्स्कीले मेरिउपोलको रक्षा गर्ने युक्रेनी सशस्त्र सेनालाई सम्मान गर्न एउटा आदेशमा हस्ताक्षर गरेको बताए।
जेलेन्स्कीले युक्रेनमा मार्शल ल (सैनिक कानून)लम्ब्याउन सिफारिस गर्न संसदका सदस्यहरूसँग भेट गरेको र सबै सिमानामा स्थिर गतिबिधि सुनिश्चित गर्न निकै जरुरी भएको उनले भने ।
प्रतिक्रिया