युक्रेनी सेनापतिद्वारा मेरियुपोलमा तत्काल राजनीतिक समाधान या सैन्य सुदृढीकरण गर्न अनुरोध

इनेप्लिज २०७९ वैशाख २ गते ११:१९ मा प्रकाशित

युक्रेनी सेनापतिद्वारा मेरियुपोलमा तत्काल राजनीतिक समाधान या सैन्य सुदृढीकरण गर्न अनुरोध गरेका छन् । युक्रेनको ३६ औँ नौसेना वाहिनीका सेनापति ब्रिगेडका सेर्ही भोलिना जो रुसी सेनालाई आक्रमण गर्ने विरुद्ध मेरियुपोलको रक्षा गर्न क्रूर लडाइँमा संलग्न छन ।

त्यसै बीच उनले युक्रेनी बन्दरगाह शहरको रुसको घेराबन्दी तोड्नका लागि सैन्य सुदृढीकरण वा राजनीतिक समाधानका लागि तत्काल अनुरोध जारी गरेका छन्।

उनले युक्रेनी पत्रिका युक्रेइन्स्का प्राभ्दासँग शुक्रबारको अन्तर्वार्तामा सेनापतिले स्थिति नाजुक र लडाइ भयंकर भएको बताए।

“यो गर्न सकिन्छ र यो सकेसम्म चाँडो गरिनु पर्छ,” भोलिनाले थपे।

एक महिनाभन्दा बढी समयदेखि रुसको अथक बमबारीको बावजुद ३६औँ मरिन ब्रिगेड( नौसेना वाहिनी )ले आजोभ सैन्य दलका इकाइहरू जुन अहिले युक्रेनी सेनाको एउटा अति दक्षिणपन्थी समूह हो, मेरिउपोललाई नियन्त्रणमा लिएको छ।

उनीहरूले आत्मसमर्पण गर्न अस्वीकार गरेका छन्, अन्तसम्म लड्ने वाचा गरेका छन् भनि एबिसीन्यूजले उल्लेख गरेको छ ।

प्रतिक्रिया