विराटनगर,२९ चैत।निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले घोषित मितिमा स्थानीय पालिकाको निर्वाचन हुने बताउनु भयो।
निर्वाचन आयोग,प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासङ्घद्वारा संयुक्त रुपमा आज यहाँ आयोजित प्रदेश नं १ स्तरीय मिडिया अभिमुखिकरण कार्यक्रममा उहाँले निर्वाचनको रकेट प्रक्षेपण भइसकेकोले आगामी वैशाख ३० गते स्वच्छ, निश्पक्ष,बिश्वाशिलो एवं भयरहित वातावरणमा सम्पन्न हुने प्रष्ट पार्नु भयो।
उहाँले सङ्घीयता र लोकतन्त्र मजवुत बनाउने मुख्य कार्य आवधिक निर्वाचन भएको चर्चा गर्दै निर्वाचन नभए लोकतन्त्र हार्ने विचार राख्नु भयो।
प्रमुख आयुक्त थपलियाले आयोगले निर्वाचनका समयमा मिथ्या सूचना,दुष्प्रचार र घृणास्पत अभिव्यक्ति निश्चेज गर्न आवश्यक अनुगमनको संयन्त्र निर्माण गरि नियन्त्रण गर्ने दृढता व्यक्त गर्दै यस्ता कार्यबाट मुलुकमा इमानदारी र निष्ठाको राजनीति पराजीत हुने धारणा राख्नु भयो।
उहाँले सञ्चार माध्यमले निर्वाचन आचार संहिताको पालना गर्दै आगामी निर्वाचन स्वच्छ,निश्पक्ष एव भयरहित वातावरणमा सम्पन्न गर्न सहयोग आग्रह गर्नु भयो।
प्रमुख आयुक्त थपलियाले ३० जिल्लाको मतपत्र छपाई गरि पठाएको र मोरङका स्थानीय पालिकामा ५४ लहरको मतपत्र रहेको जानकारी दिदै सही ठाउँमा मतदान गर्न समुदायमा जानकारी पु¥याउन सञ्चार माध्यमले सहयोग गर्नुपर्नेमा जोड दिनु भयो।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चार माध्यमले तल्लो तहसम्म निर्वाचन आचार संहिता पालनाको सन्देश पुर्याउन सहयोग गर्नुपर्नेमा जोड दिदै आचार संहिता पालनमा सम्वेदनशील हुन सबैलाई आग्रह गर्नु भयो।
उहाँले सक्रिय राजनीति र पत्रकारिता सँगसँगै जादैन भन्दै यसमा नेपाल पत्रकार महासङ्घ गम्भिर हुनुपर्ने बताउनु भयो।
पत्रकार महासङ्घका प्रदेश अध्यक्ष लिलालल्लभ घिमिरेले सत्य तथ्यमा आधारित भै सूचना सम्प्रेषण एवं आचार संहिता पालनामा सहयोग गर्न प्रदेशका एक हजार ६०० पत्रकार सदस्यहरुमा परिपत्र जारी गरेको जानकारी दिनु भयो।
अभिमुखिकरणमा आयोगका सह सचिव तुलसीबहादुर श्रेष्ठले निर्वाचन ,२०७९ र निर्वाचन आचार संहित २०७८ र रामशरण बोहराले सूचना, दुष्प्रचार र घृणास्पद अभिव्यक्तिको रोकथाम र महासङ्घका केन्द्रीय सदस्य अमर खडकाले निर्वाचनसँग समाचार संकलन सम्वन्धित रिपोटिङ्ग विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो।
आचार संहिता कार्यान्वयनमा निर्वाचन आयोग र सञ्चार क्षेत्रवीच सहयोगी भूमिका निभाउन कार्यक्रमको मुख्य उद्देश्य रहेको छ।
प्रदेशका विभिन्न जिल्लाका छापा,रेडियो र टेलिभिजन र अनलाईन गरी ३० जना सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो।
प्रतिक्रिया