युक्रेनबाट फिर्ता गएका रुसी सेनाले हजारौ हजार सुरुंग बमहरू “जताततै” छोडेका छन् : जेलेन्स्की

इनेप्लिज २०७८ चैत २९ गते ११:२१ मा प्रकाशित

युक्रेनबाट फिर्ता गएका रुसी सेनाले हजारौ हजार सुरुंग बमहरू “जताततै” छोडेको युक्रेनी राष्ट्रपति जेलेन्स्कीले बताए ।

सोमबार राष्ट्रलाई रात्री समयमा सम्बोधन गर्दै युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भने ,उत्तरी युक्रेनका केही भागहरूबाट पछि हट्दै गरेको रुसी सेनाले जानाजानी हजारौं बारुदी बम छाडेको बताए ।

ती क्षेत्रहरूमा, “दशौं होइन सयौं हजारौं” विस्फोट नगरिएका हतियारहरू छोडिएका छन्, उनले भने, हाम्रा टोलीहरू यी “खतरनाक वस्तुहरू” हटाउन काम गरिरहेका छन्।

“आक्रमणकारीहरूले घर, सडक र खेतहरूमा जताततै सुरुङ्ग बम (माइन ) छोडे,” उनले थपे।

“उनीहरूले जानाजानी छोडेको र रुसी सेनाको कारबाहीका कारण आज हाम्रो क्षेत्र विश्वमा बारुदी बमबाट सबैभन्दा बढी प्रदूषित भएको छ,’ जेलेन्स्कीले भने।

उनले यी कार्यहरूलाई “युद्ध अपराध” भने  । “हाम्रा सकेसम्म धेरै मानिसहरूलाई मार्ने वा अपांग बनाउने” उद्देश्यले रुसको नेतृत्वबाट स्पष्ट आदेश बिना सेनाहरूले त्यसो गर्ने थिएनन ,जेलेन्स्कीले भने।

 

प्रतिक्रिया