बिक्रमसँग रोमान्टिक अवतारमा देखा परिन् सुन्दरी उषा

इनेप्लिज २०७८ चैत २६ गते १०:४३ मा प्रकाशित


काठमाडौँ।गायक निमा शेर्पाको स्वर रहेको ‘रेशमैको डोरी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ।जसमा टिकटकबाट चम्किएकी सुन्दरी मोडल उषा उप्रेती र बिक्रम बुढाथोकीको अभिनय देख्न सकिन्छ।

गीतकार तथा संगीतकार सिएल शर्माका शब्द तथा संगीत सृजना रहेको गीतको भिडियोमा एक प्रेमील जोडीले हाँशीखुशी एकसाथ जिन्दगी बिताउने विश्वास लिएको कुरालाई भिडियोमा निर्देशक बिक्रम चौहानले कलात्मक शैलीमा तयार पारेका छन्।

शाहस शाक्यको एरेन्ज रहेको गीतको भिडियोको छायांकन प्रकाश खड्काले गरेका हुन् भने सम्पादन लक्ष्मण चौहानले गरेका हुन्।

प्रतिक्रिया