युक्रेनको क्रामाटोर्स्क रेल चौकीमा रुसी आक्रमणमा कम्तिमा ३० जनाको मृत्यु,१०० भन्दा ज्यादा घाइते

इनेप्लिज २०७८ चैत २५ गते १०:४८ मा प्रकाशित

युक्रेनको क्रामाटोर्स्क रेल चौकी(स्टेसन )मा रुसी आक्रमणमा परि कम्तिमा ३० जनाको मृत्यु भएको छ भने १०० भन्दा ज्यादा मानिसहरु घाइते भएका छन्।

ड़ोनेसिक क्षेत्रीय प्रहरीले पूर्वी युक्रेनी शहर क्रामाटोर्स्कको रेक चौक(स्टेसन)मा रुसी क्षेप्याश्त्र आक्रमणमा परि करिब ३० जना मारिएको र १०० जना घाइते भएको बताएका छन ।

जहाँ नागरिकहरू देशको सुरक्षित क्षेत्रहरूमा निकासी गर्ने रेलको प्रतीक्षा गरिरहेका थिए।

“रुसले आज क्रामाटोर्स्कको रेलवे स्टेशन(चौकी )मा प्रहार गरेको छ,” प्रहरीले एक विज्ञप्तिमा उल्लेख गरेका छन् । प्रक्षेपास्रले अस्थायी प्रतिक्षा कोठामा प्रहार गर्यो, जहाँ सयौं मानिसहरूलाई खाली गर्ने रेलको लागि पर्खिरहेका थिए।

“यो अर्को प्रमाण हो ,रूसले क्रूरतापूर्वक, बर्बरतापूर्वक युक्रेनी नागरिकहरूलाई मारिरहेको छ।”

क्रामाटोर्स्कको रेलवे स्टेशन डोनबास क्षेत्रबाट नागरिकहरूलाई बाहिर निकाल्नको लागि महत्त्वपूर्ण केन्द्र हो । घटनास्थलमा प्रहरीले प्रारम्भिक अनुसन्धान जारी राखेको प्रहरीले जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, “त्यहाँ बालबालिकासहित ३० जनाको मृत्यु भएको र करिब १०० जना घाइते भएको थाहा भइसकेको छ।” “आवश्यकता भएका सबैलाई सहयोग गरिँदैछ।”

प्रतिक्रिया