जेलेन्स्कीले ग्रीक संसदलाई भने, “जसले युद्ध रोज्छन् उनीहरू सधैं हार्छन्।”

इनेप्लिज २०७८ चैत २४ गते १४:०९ मा प्रकाशित

जेलेन्स्कीले ग्रीक संसदलाई भने, “जसले युद्ध रोज्छन् उनीहरू सधैं हार्छन्।”

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बिहीबार ग्रीसको संसदलाई भने, “युरोपलाई आर्थिक र ऊर्जा संकटमा ब्ल्याकमेल (भयादोहन)गर्नेहरूले सधैं हार्छन्।”

परोक्ष रुपमा सम्बोधन गर्दै  जेलेन्स्कीले ग्रीक संसदलाई “अधिक गर्न” र “मेरिउपोलको मुक्तिलाई व्यवस्थित गर्न युरोपेली संघको सदस्यको रूपमा अवसरहरू प्रयोग गर्न” आग्रह गरे।

“युद्ध रोज्नेहरू सधैं हार्छन्। देशको स्वतन्त्रता र यसको क्षेत्रीय अखण्डताबाट वञ्चित गर्ने प्रयास गर्नेहरू सधैं हार्छन्। युरोपलाई आर्थिक र ऊर्जा सङ्कटमा भयादोहन(ब्ल्याकमेल )गर्नेहरू सधैं हार्छन्,” उनले भने।

जेलेन्स्कीले रुसको कारबाही युक्रेनमा मात्र नभएर युरोपमा पनि निर्देशित भएको बताए ।

रुसले  “यस महाद्वीपमा ऊर्जा गरिबी नयाँ वास्तविकता बनोस्” भनेर सुनिश्चित गर्न प्रयास गरिरहेको छ, उनले भने ।

प्रतिक्रिया