विराटनगर,२३ चैत।नेपालमा उच्च जोखिममा रहेको टाइफाइड( म्यादी ज्वरो) विरुद्धको खोप अभियान मोरङमा सफल बनाउन सबैले आ–आफ्ना ठाउँबाट सहयोग गर्नु पर्ने आवश्यकता देखिएको छ।
प्रदेश नं १ सरकार जनस्वास्थ्य कार्यालय मोरङद्वारा टाइफाइड विरुद्ध खोप अभियान तथा नियमित खोपमा टाइफाइड खोपको शुरुवात अन्तर्गत आज यहाँ आयोजित जिल्ला खोप समन्वय समिति तथा सञ्चार क्षेत्रको अभिमुखिकरण कार्यक्रममा सहभागीहरुले ग्रामीण तथा दुर्गम क्षेत्रका जनतालाई यो रोग विरुद्धको खोपका सम्वन्धमा उनीहरुको भाषामा पर्चा,पम्पलेट सहित जनचेतना जागृत गराउनु पर्नेमा सुझाव दिनु भयो।
उहाँहरुले खोपको गम्भिरता वुझि अभियानलाईलाई सफल बनाउन सञ्चारकर्मीहरुले सहयोग गर्नुपर्ने जोड दिनु भयो।
जिल्लामा यही चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म सञ्चालन हुने अभियानमा मोरङमा दुई लाख ६१ हजार नागररिकलाई खोप लगाउने जनाइएको छ।
जिल्लाका ८० प्रतिशत विद्यालय तथा अन्य वडा,टोल र सार्वजनिक स्थानमा खोप लगाइने छ।
पन्ध्र महिना देखि १५ वर्ष उमेर समूहका मानिसलाई लगाउने यो रोग ज्यानै जोखिममा पार्न सक्ने सङ्क्रामक रोग र सङ्क्रमित व्यक्तिको दिसाको माध्यमबाट टाइफाइड रोग लगाउने जीवाणु बाहिरी वातावरणमा पुग्दछ र स्वस्थ व्यक्तिमा दूषित पखाला वा पानीको माध्यमबाट सर्दछ।
यो रोग सबै उमेर समूहको व्यक्तिहरुमा लागेको पाइएता पनि विशेषतः १५ वर्ष मुनिका बालबालिकाहरुमा धेरै लागेको पाइएको छ।एक अध्ययन अनुसार १५ वर्षमुनिका ११ गुणा वढी रोग लाग्ने सम्भावना देखिएको छ।सो उमेर समुहमा एक लाखमा १० हजार ९६० जनामा लाग्ने अध्ययनले देखाएको छ।
नेपालमा पाँच वर्षको तुलनात्मक अध्ययनबाट बर्षेनी चार लाख ५० हजार मानिसमा टाइफाइडको रोग देखिएको बताइएको छ।
रोगका मुख्य लक्षणहरु
उच्च ज्वरो आउने,टाउको दुःख्ने,जीउ दःख्ने,पसिना पाउने र जिब्रोमा सतो तेल लाग्ने आदी जस्ता मुख्य लक्ष्ण र चिन्ह दखिन्छन् भने केहीमा पेट दुःख्ने,पखाला लाग्ने,वाकवाकी लाग्ने,भोक नलाग्ने र शरीरमा रातो बिमिरा आउने देखिन सक्छ।
उपचार र रोकथाम
समयमै स्वास्थ्य केन्द्रमा गई चिकित्सक तथा स्वास्थ्यकर्मीको परामर्श अनुसार उपयुक्त प्रति जैविक औषधिको सेवनवाट यो रोगको उपचार गर्नु पर्दछ।यो रोग एक व्यक्तिबाट अर्काे व्यक्तिमा दूषित खाना र पानीको माध्यमवाट सर्ने भएको हुंदा यसबाट वच्ने मुख्य उपाय भनेको व्यक्तिगत सरफाई तथा वातावरण स्वच्छ राख्नु हो।
खोप कसले लगाउन हुदैन
विगतमा कुनै खोप लिंदा गम्भीर प्रकारको प्रतिक्रिया देखा परेको वा कुनै खाना वा अन्य बस्तुबाट कडा एलर्जी भएको भए,एड्सको लक्षण देखा परेका अवस्थामा दिनु हुदैन साथै उच्च ज्वरो आएको वा सिसिस्त विरामी भएको अवस्थामा दिनु हुदैन तर विरामी ठीक भइसेकेपछि खोप लिन सकिन्छ।
खोप सुरक्षित र प्रभावकारी
नेपालमा अभियानको रुपमा दिन लागिएको टाइफाइड क्ज्युगेट भ्याक्सिन(टिसिभि) विश्व स्वास्थ्य संगठनले सिरफारिश गरको र विश्वको धेरै देशहरुमा प्रयाग भइसकेको खोप हो र यो सुरक्षित र प्रभावकारी रहेको छ।
सो अवसरमा जिल्ला समन्वय समिति मोरङका अध्यक्ष नरेशप्रसाद पोखरेलले नागरिकको स्वास्थ्यप्रति सरकार सजग र सचेत रहेकोले आम नागरिकलाई उत्साहपूर्ण सहभागी भै खोप अभियानलाई सफल बनाउन आग्रह गर्नु भयो।
कार्यालयका प्रमुख डा सुरेश मेहताले टाइफाइड विरुको खोप लगाएपछि केही सामान्य लक्ष्ण (सुई लगाएको ठाउँमा रातो हुने, सुन्निने र दुःख्ने,हल्का ज्वरो आउने टाउको दुःख्ने, हात गोडा तथा जोर्नीहरु दुःख्ने जस्ता असरहरु बिस्तारै आफैे ठीक भएर जाने जानकारी दिनु भयो।
उहाँले खोप लगाएपनि स्वास्थ्यमा जेटिलता देखा परेमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न समेत अनुरोध गर्नु भयो।
प्रतिक्रिया