मेलबर्नको नयाँँ बर्ष कार्यक्रमबाट दिदीबहिनी समाज मार्फत नेपालको यौन/घरेलु हिंसामा सहयोग

इनेप्लिज २०७८ चैत १९ गते ०:५१ मा प्रकाशित

मेलबर्नमा यात्री हाउस इभेन्टसले नेपाली नयाँँ बर्ष २०७९ मनाउने क्रममा यसबाट उठेको केही रकम दिदीबहिनी समाज भिक्टोरिया मार्फत नेपालको मध्य-पस्चिम क्षेत्रका यौन/घरेलु हिंसामा परेका महिलाहरुको सहयोगार्थ पठाउने निर्णय गरेको छ।यो कुराको जानकारी यात्री हाउस इभेन्टसका कार्यकारी निर्देशक प्रकाश काजी थापाले दिएका हुन।

दिदीबहिनी समाज भिक्टोरियाले बिगत ६ बर्षदेखि मेलबर्नको तीज कार्यक्रमबाट संकलित रकम आवाज नामक गैर सरकारी संस्था मार्फत नेपालको मध्य-पस्चिम क्षेत्रका यौन/घरेलु हिंसामा परेका महिलाहरुको सहयोगार्थ नियमित रुपमा पठाउने गरेको छ।

११ अप्रिल सोमवारका दिन यात्री हाउसले “ठमेल नाइट मेलबर्न” नामबाट नेपाली नयाँँ बर्ष २०७९ मनाउँदैछ ६२९ बर्क स्ट्रिटमा अबस्थित रोयाल मेलबर्न होटेलमा । कार्यक्रमको सन्चालन रेशा सापकोटा र ज्ञानेन्द्र उप्रेतीले गर्नेछन।

प्रतिक्रिया