युक्रेनमा रुसी आक्रमणमा परि कम्तीमा २० जनाको मृत्यु

इनेप्लिज २०७८ चैत १७ गते १४:०९ मा प्रकाशित

युक्रेनी अधिकारीहरूले माइकोलाइभको क्षेत्रीय प्रशासनिक भवनमा रुसी आक्रमणमा परि कम्तीमा २० जनाको मृत्यु भएको बताएका छन्।

युक्रेनको दक्षिणपश्चिमी माइकोलाइभ क्षेत्रको क्षेत्रीय सैन्य गभर्नरको कार्यालयमा मंगलबार रुसी आक्रमणमा कम्तीमा २० व्यक्तिको मृत्यु हुनुका साथै ३३ जना घाइते भएको युक्रेन राज्य आपतकालीन सेवाले बिहीबार जारी गरेको अद्यावधिक तथ्याङ्कमा जनाएको छ।

गभर्नर भिटाली किमका अनुसार रुसी आक्रमणले भवनको आधा भाग ध्वस्त पारेको बताएका छन ।

प्रतिक्रिया