प्रमुख संरक्षकले गराउन लागेको महाधिवेशनको अध्यक्ष गाहा मगरले गरे स्वागत

इनेप्लिज २०७८ चैत ३ गते २३:२४ मा प्रकाशित

लन्डन– गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेका अध्यक्ष प्रेम गाहा मगरले प्रमुख संरक्षकशेष घलेले बोलाएको महाधिवेशनलाई स्वागत गरेका छन्।
उनले मार्च २२-२५ मा काठमाडौँमा हुन गइरहेको उक्त महाधिवेशनमा उत्साहपूर्वक सहभागी भै दिनयुकेवासी डेलिगेट्स तथा अभियन्ताहरुलाई अनुरोध पनि गरेका छन्।

उनले विवादित सूचीकै आधारमा एकपक्षीय चुनाव गर्ने काम प्रति एनआरएनए युकेको सहमति नरहेको पनि जनाएका छन्।

अध्यक्ष गाहा मगरद्वारा जारी वक्तव्य जस्ताको तस्तै:

प्रेस वक्तव्य

गैर आवासीय नेपाली संघ (एनआरएनए) मा देखिएको अन्यौल, चरम विवाद, र विघटनकोसम्भाबनाबाट संस्थालाई संरक्षण गर्न गैर आवासीय नेपाली संघको विधान २००३ (संशोधन २०२१) को धारा १६.१.४ अनुसार ६ मार्च २०२२ बोलाईएको गैर आवासीय नेपाली संघकाएनसीसीहरुकाअध्यक्षहरुले दिएको म्यान्डेट अनुरुप गैर आवासीय नेपाली संघका संरक्षक श्री शेषघलेले दशौँ महाधिवेशन आयोजना गर्न आयोजक समितिको गठन तथा निर्वाचन समितिको पुनरगठन गरी संकट समाधानका लागि उचित कदम चाल्नु भएको छ । संरक्षक परिषदका तर्फबाट प्रमुखसंरक्षक घलेले लिनुभएको कदमलाई म हार्दिक स्वागत गर्दछु।
निर्वाचित एनसीसीहरुले पठाएका डेलिगेट्सलाई मान्यता नदिने, डेलिगेट्स छनौट सम्बन्धिनियमावलीको नियम ४.२ ले तोकेको समय पछि नक्कली सदस्यता थपेर नक्कली डेलीगेट्स बनाउने, आफैले गठन गरेको उच्चस्तरीय समितीको सिफारिस नमान्ने जस्ता कृयाकलापले गैर आवासीयनेपाली संघमा विकराल स्थिति उत्पन्न भएको छ । गत अक्टोबर २०२१ मा हुनु पर्ने संघको दशौँमहाधिवेशन यसै कारणले समयमै हुन सकेन । यी लगायतका कारणले उत्पन्न संकट समाधान गरीसंघमा नयाँ नेतृत्व चयन गर्न प्रमुख संरक्षक घलेले आह्वान गर्नु भएको महाधिवेशन सफल होस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु।उक्त महाधिवेशनमा उत्साहपूर्वक सहभागी भै दिनु हुनयुकेवासीसम्पूर्ण डेलिगेट्स तथा अभियन्ताहरुलाई हार्दिक अनुरोध गर्दछु।

धन्यवाद।

प्रेम गाहा मगर
अध्यक्ष
एनआरएनए एनसीसी युके
मिति १७ मार्च २०२२

 

प्रतिक्रिया