डोटी राज्यको दरवार डडेल्धुरा जिल्लाको अजयमेरुमा थियो।यहाँबाट डोटी राज्यको राज्य व्यवस्था सञ्चालन हुदै आएको र राजा भुपति शाहिको शासन कालमा डोटी जिल्लाको दिपायलमा गनैर गौडा नामक डाँडामा दरवार निर्माण भई राज्य व्यवस्था सञ्चालन हुन थाल्यो।डोटी राज्य एउटा सभ्य,ठुलो र विकसित राज्य थियो।ऐतिहासिक,प्राकृतिक,सांस्कृतिक तथा पौराणिक किम्वदन्तिले धनि राज्य एवम् शक्तिसालि डोटी राज्य वि.स.१८४७ मा अमर सिंह थापाको नेतृत्वमा आएको गोर्खालि फौजद्धारा तत्कालिन डोटेलि राजा दीप शाहि परास्त भएपछि डोटी राज्य बृहत नेपालको एक अङ्ग बन्न पुग्यो । युद्दको पराजयको कारण दिप शाही भारतको सिंहानि पसेका थिए।
यस राज्यको प्राचिन रुपरेखा पुरातात्विक,सांस्कृतिक एवं राजनैतिक स्थितिको अध्ययन, अनुसन्धान हुन सकेको छैन।डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायलको बायातिर रहेको गनैर गौडाकोटमा रहेको दरवार दिनानुदिन जिर्ण हुन गई भग्नाबशेषकोका रुपमा रहेको छ।संरक्षणको अभावमा ऐतिहासिक धरोहर खण्डहरमा परिणत भईसकेका छन।आफ्नो छुट्टै ईतिहास बोकेको डडेल्धुरा जिल्लाको अजयमेरु कोट र डोटी जिल्लाको दिपायलको गौडा नामक डाँडामा भएका राजाका कोट तथा दरवार मासिने खतरामा छन।निकै पुराना ईतिहास बोकेका तथा डोटी राज्यको ईतिहासिक र पुरातात्विक महत्व बोकेकामा संरक्षणको अभाव र मासिने खतरा बढेको छ ।डोटी जिल्लाको निरौलि दरवारको अवस्था पनि उस्तै छ।हालसम्म संरक्षणमा कतैबाट कुनै कदम चालिएको छैन।यि दरवार हाम्रा इतिहासका साक्षि हुन।इतिहासको संरक्षण गर्न आवश्यक हुन्छ।दरवार र ऐतिहासिक कुराहरु संरक्षण नहुदा अस्तित्व मेटिँदै गएको छ।डोटी राज्यको ईतिहासको संरक्षण तथा पुरातात्वकिक महत्व तथा पर्यटकिय सम्भाबना बोकेका तथा डोटीलाई चिनाउने इतिहास संरक्षणमा सरोकारवाला सबैको चासो हुन आवश्यक छ।
गोबिन्द राज ओझा
दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल ,डोटी , नेपाल
प्रतिक्रिया