काठमाडाैं,टुक्का साहित्य समाज काे आयाेजनामा २०७८ फागुन ४ गते बुधवार “छन्दमा टुक्का अभ्यास श्रृङ्खला-१९” अन्तर्गत वसन्ततिलका छन्द (वार्णिक छन्द) मा टुक्का लेखन अभ्यास सम्पन्न भएकाे छ।
टुक्का प्रशिक्षक अनिल खग्रासकाे संयाेजन तथा प्रशिक्षणमा सञ्चालन भएकाे उक्त कार्यक्रममा नेपाल भारत लगायत विश्वका विभिन्न देशहरूबाट १४ टुक्का सर्जकहरूकाे सहभागिता रहेकाे थियाे।
कार्यक्रमकाे समापन गर्दै टुक्का साहित्य समाजका अध्यक्ष ताराप्रसाद चापागाईंले अक्षर संख्या बराबर गरेर तुक् (अन्त्यानुप्रास) मिलाएर दुई हरफमा पूर्ण हुने गरि लेखिने नेपाली माैलिक प्रयाेगवादी लघुत्तम काव्यिक विधा “टुक्का” लेखनमा विविधता ल्याउने क्रममा छन्दमा टुक्का लेख्ने साप्ताहिक अभ्यास श्रृङ्खलाहरू सञ्चालन गरेर नेपाली भाषा साहित्यमा विशेष याेगदान पुर्याउने प्रयास गरिदै आएकाे भन्दै अभ्यासमा सहभागी सम्पूर्ण टुक्काकारहरूमा हार्दिक आभार व्यक्त गर्नु भएकाे थियाे।
वसन्ततिलका छन्द
सुत्र: SSI SII ISI ISI SS
अभ्यासका क्रममा सङ्कलन भएका वसन्ततिलका छन्द मा सिर्जना गरिएका टुक्काहरू
[१]
कच्चा छ सोच जहिल्यै जनको धरामा,
हाँसीदियो बनचरा झन पिंजडामा।
अनिल खग्रास
[२]
१.
घुम्दैछु चाेट सहँदै मुटुकाे कुनामा
लागेछ खाेट कसरी कलिलाे मुनामा ।
२.
उक्लेर त्याे गगन मै छुन सक्छ कस्ले
पग्लेर सागर सरी हुन सक्छ जस्ले।
ताराप्रसाद चापागाई
धुनिबेसी।
[३]
१.
माया नगर्नु उनमा,जहिले हतास,
प्रेमी हिँडे शहरमा,सुनसान बास।
२.
विश्वास हुन्न दिलमा ,उठला लगानी ,
भन्दै युवा सब गए,लिन राहदानी ।
भगवती दवाडी
झापा ।
[४]
१.
गाथा चुनेर सुखको लहरो समाई,
पीडा भुलेर छहरा,रसमा रमाई।
२.
माया नमार रहरे,कति बाँध्नु बाधा?
छाया उनेर अपुरो,जति ज्यान आधा।
म्यामराज राई
हतुवागढी,भोजपुर ।
[५]
यो देश शान्त रमणी,अब घाम लागोस्,
पन्छाइ बादल सबै नव रूप जागोस्।
होम प्रसाद नेउपाने
धरान ।
[६]
खोजेर भेट्न सकिने छ कथा लुकेको,
आऊ पढौँ रहरले जुन थ्यो छुटेको।
जमुना आचार्य
सिन्धुपाल्चोक
[७]
१.
मागेर पाउन कठोर हुनेछ माया,
रोपेर रूख बरले त दिनेछ छाँया ।
२.
लागेर खान मन धेर हरेक बेला,
जोखेर किन्छु जति धेर पुगेर मेला ।
तारा घिमिरे
संखुवासभा ।
[८]
१.
मासिन्छ बाग नभए पछि दक्ष-माली
फुल्दैन फूल अनि मन्दिर हुन्छ खाली।
२.
छोरो खराब छ भने घर हुन्न जाती
वैरी पसेर लफडा तब गर्छ घाती।
रामशरण न्यौपाने
भक्तपुर ।
[९]
१.
आऊ प्रिया बस यहीँ ,नगएर काहीँ,
आनन्दले दिन वितोस् ,अबको त चाहिँ।
२.
लाएर प्रीत नभनी, चुपचाप खोक्ने,
गाएर गीत नसकी, किन हो त रोक्ने?
अरुणकुमार भुजेल
गाेरुबथान, कालेबुङ्ग ।
[१०]
१.
आमा गएर घरमा दुध भात खाऊ,
खाना पकाइ पहिले अनि घुम्न जाऊ।
२.
पढ्छौ किताब कतिको हुनुपर्छ ज्ञानी,
संसार सार महिमा त बुझेर नानी ।
सहयात्री शाेभा अर्याल
रुपन्देही -१४ बुटवल ।
[११]
१.
आमा विलाप नगरेर कुरा मिलाऊ
माया गरेर सबका अब साथ आऊ।
२.
टाढा छ अल्मल भयो तर झट्ट आएँ
आमा यहाँ पिरतिको रसमा हराएँ ।
गुणनिधि घिमिरे
माेरङ्ग, हाल अमेरिका ।
[१२]
पीडा छ भन्न नसकी मन अल्झिएछ,
यो प्यार भन्नुपनि लौ जखमी रहेछ।
रिना सापकोटा
बारा ।
[१३]
१.
माया गरे रहरमा तरभो तमासा,
पारेर संकट तिमी त र’छौ नि ब्वासा।
२.
माया चुमेर बुझ यो कसरी बुनेको
आऊ यहाँ र भन लौ छ हँ के बुझेको।
बेदु न्यौपाने
काठमाडाैँ ।
[१४]
भोकै जले सब म देख्छु यहाँ तमासा
शोकै त देख्छु अनि सुन्छु सबै गुनासा ।
देव वर्तिनी
>>> जय टुक्का! जय साहित्य!! <<<
प्रतिक्रिया