धनगढी,माघ २९÷मोहन्याल गाउँपालिकाबाट नेकपा एमाले कैलालीको आठौं जिल्ल अधिवेशनमा निर्वाचित हुने एमालेका नेताहरुको आज मोहन्याल ३ को फलेबिसनीमा सम्मान कार्यक्रम सम्पन्न भएको छ।
राष्ट्रिय युवा संघ नेपाल मोहन्याल गाउँ कमिटीको आयोजनामा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो।
मोहन्याल गाउँकमिटीबाट जिल्ला कमिटीमा निर्वाचित वीरेन्द्र बहादुर रावल र खर प्रसाद अधिकारीलार्य राष्ट्रिय युवा संघ नेपाल मोहन्यालका पदाधिकारी र फलेविसौनाबासीहरुले फुलमाला र अविर पहिराएर सम्मान गरेका छन्।नेकपा एमाले कैलाली जिल्ला कमिटी सदस्य वीरेन्द्र बहादुर रावलको प्रमूख आथित्यतामा सो कार्यक्रम सम्पन्न भएको थियो।
सो अवसरमा बोल्दै प्रमूख अतिथी रावलले नेकपा एमाले मोहन्याल गाउँ कमिटीलाई सांगठनिक र राजनीतिक रुपमा अन्य राजनीतिक दलहरु भन्दा अग्रस्थानमा स्थापित गर्नका लागि सबै जनवर्गिय संगठनको अपरिहार्य भूमिका रहने बताउनु भएको छ।
उहाँले एमाले बाट नेपाली जनताले धेरै आशा राखेका काण पनि पार्टीका सबै नेता कार्यकर्ताहले जनउत्तरदायि भएर जनताको सेवामा लाग्नु पर्ने भएको बताउनु भयो ।
स्थानीय निकायको निर्वाचन बैशाख ३० मा हुने भएकाले त्यसको तयारीका लागि सबै पार्टीका नेता कार्यकर्ताहरुले युद्धस्तरमा लाग्नु पर्ने समेत बताउनु भयो।सो अवसरमा जिल्ला कमिटीका सदस्य खर प्रसाद अधिकारी,नेकपा एमाले मोहन्याल गाउँ कमिटीका उपाध्यक्ष टीका भण्डारी,शिक्षक नरेन्द्र थापा,एमाले मोहन्याल गाउँ कमिटी सदस्य रेखा बुढाथापा लगायतकाले मन्तव्य व्यक्त गरेको कार्यक्रममा स्वागत मन्तव्य युवा संघ मोहन्यालकी कोषाध्यक्ष राधिका माझीले गर्नु भएको कार्यक्रमको अध्यक्षता युवा संघ मोहन्यलाका अध्यक्ष रोशन खनालले र कार्यक्रमको सञ्चालन एमालेका नेता अमर टमटटले गर्नु भएको थियो।
युवा संघको कमिटी गठन
यसैगरी चक्र कुँवर अध्यक्ष र दान बहादुर टमटट ईन्चार्ज रहेको ३१ सदस्यीय वडानम्बर ३ को वडा कमिटी समेत गठन गरिएको छ।सो अवसरमा युवा संघ नेपाल जिल्ला कमिटी सदस्य केपी टमटट र पवन रावलको समेत उपस्थिती रहेको थियो।
प्रतिक्रिया