बिगत तिन दसक देखि मार्शल आर्ट्समा समर्पित मास्टर सुनिल शाक्यले अन्तरास्ट्रिय प्रतियोगिता बाट सन्यास लिएको घोषणा गरेका छन। सन् २०२१ को अन्तिम तिर सम्पन्न भएको विश्व ओपन वर्ल्ड च्याम्पिनयनशिप र च्याम्पिनयन मास्टर्स २०२१ मा कुंग्फू,तेक्वोन्दो,ताएचि र वेअपोन्स्मा गरि कुल ५ स्वर्ण पदक जित्दै अन्तरास्ट्रिय प्रतियोगिता बाट सन्यास लिएका हुन।सन् २०२० मा हाई रेन्ज बुक अफ वर्ल्ड लोंगेस्ट ताएचि पर्फोम र ७ दिफ़रेन्स मार्सल आर्ट्स पर्फोम ब्याक टू ब्याक रेकर्ड राखेका सुनिलले त्यसै वर्ष वर्ल्ड मार्शल आर्ट्स च्याम्पिनयनशिपमा पनि विभिन्न विधामा गरि ५ स्वर्ण हात परेका थिए।
सम्भवत सुनिलनै यस्ता एक मात्र नेपाली खेलाडी हुन् जो मार्सल आर्ट्सको ८ विधामा महाराथ हासिल गरि वर्ल्ड च्याम्पिनयन बन्न सफल भएका थिए।उनको यिनै प्रतिभाको कदर गर्दै अन्तरास्ट्रिय जगतले उनलाई इन्टरनेसनल मार्शल आर्ट्स अवार्ड,इन्टरनेसनल तेक्वोन्दो अवार्ड,मार्शल आर्ट्स गत सुपर स्टार,गोल्डेन अवार्ड अफ वर्ल्ड क्लास टाइटल,हल अफ फेम जस्ता दर्जनौ अवार्डहरुले सम्मनित पनि गरि सकेका छन्।हाल अमेरिकाको मेरिल्यान्डमा रकेको चेस्पॆएक मार्शल आर्ट्सको मुख्य प्रशिक्षकको रुपमा भूमिका निर्बाह गरिरहेका मास्टर सुनिलले आगामी दिनहरुमा बिश्व स्तरको खेलाडीहरु उत्पादन गर्नमा आफ्नो सम्पुर्ण प्रयास रहने बताएका छनIनेपाल कुंग्फू संघका संस्थापक समेत रहेका मास्टर सुनिलले च्याम्पियन अफ द वर्ल्ड वुशु कन्टेस्ट २०२१ तथा किङ अफ सेल्फ डिफेन्स मास्टर बेल्ट २०२१ पनि जितेका थिए I I
प्रतिक्रिया