२०१५ सालतिर थापाथलितिर एउटा अमेरिकन र उनकी धर्मपत्नी कामको सिलसिलामा आएर बसेछन,उनलाई कुक खाना बनाउने भान्से,चाहीच्छ,एउटा थानकोटतिरका गंगा बहादुरलाई महिनाको साठि रुपैयाँ तलब दिएर राखेछन।तिन बर्षजति नेपालमा बसेर ति अमेरिकन फर्किने समयमा,अमेरिकनकी श्रीमतिले गंगालाई पनि लानु पर्छ भनेपछि,अमेरिकन राजदूतावासमा ग्रिनकार्ड बनाएर ल्याएछन।केहि समयमा काठमाडौ देखि दिल्ली,दिल्लीदेखि न्यूर्योक त्यसपछि क्यान्सस राज्यको राजधानी टोपिकामा बस्न गएछन,नेपालमा आफन्ताहरुसंग रमाउने गंगालाई न भाषा बुझने कोहिसाथिभाई नै थियो अंग्रेजी भाषामा उनि यास यास नो नो भन्दो रहेछ।आफनो नाम पनि बदल्ने सोचमा आफू ज्याक भनेर चिनाउन थाले छन,अकोै नेपाली पनि त्यहाँ पुगेपछि केहि राहत भएछ गंगालाई।बस्दैजाँदा केहि डलर कमाउने नै भयो,ज्याग त्यो सहरमा अहिलेको जस्तो भए अवैतनिक महाबाणिज्यदूत बन्ने रहेछ तर त्यस समयमा केको कस्लाई फुर्सद।
नेपालबाट क्यान्सस राज्यको भ्रमणमा उद्योगमन्त्रिको नेतृत्वामा भ्रमण टोली आएको समाचार ज्याकले सुनेछन।अर्को रामेलाई ज्यागले भने छन,त्यो मानिसहरुलाई मेरो घरमा बलाउन पर्यो भनेर रामेलाइ सुनाएछन।नेपालीहरु बसेका होटेलमा रामे गएर,ज्यागले हजुरहरुलाई शनिवार साँझ डिनरको लागि बोलाएको छ भनेछन, नेपालबाट गएका हाकिमहरुले ठानेछन,कोहि अमेरिकनले हामीलाई खाना बोलायो, राम्रोसंग जानुपर्छ भन्ठानेर।ठिक समयमा ज्यागको घरमा पुगे,ढोकामा ज्याग त दौरा रासुरुवाल कोट भादगाउलेले कालो टोपि लगाएर स्वागत गरेपछि मात्रै थाह भयो ज्याग भनेको त उहि गंगा बहादुर पो रहेछ।नेपालीखाना खाएर भ्रमण दलका मानिसहरु फर्के छन।मनभरि सम्झना लिएर नेपाल फर्केछन।
प्रतिक्रिया