त्यस दिन बिहान ऊ आत्तिँदै दौडी दौडी घनश्यामको घरमा आइपुग्यो।बोली उसको पूरै लटपटिएको,स्पष्ट बुझ्न गाह्रो।घनश्यामले–ओहो, के भयो ? किन यसरी आत्तिएर आएको?एक छिन साँस त लेऊ।ल,पानी खाऊ।अनि कुरो के हो भन्नू।
पानीको गिलास उठायो तर पानी उसको घाँटीबाट छिर्न सकेन।बल्ल बल्ल उसको मुखबाट निस्क्यो–राती त्यसको लास ल्याए।
घनश्याम आत्तिँदै–लास ? होइन,कसको लास ? कस्तो लास ?
हो,त्यैँ के त।अस्ति मलेसियामा हराएको भनेको।
उसको लास आएको सुनेर घनश्यामको होस उड्यो।ऊ घनश्यामको अतिनिकट मित्र थियो।मलेसिया जानुभन्दा पहिले बिना कुनै प्रमाण एक लाख रुपैया दिएको थियो घनश्यामले उसलाई सापटी।
टाउको समातेर थचक्क बस्यो।पैसा र मित्रता दुवैले उसको मथिंगललाई रन्थनाइरहेका थिए।
रेणु गुप्ता
रौतहट
प्रतिक्रिया