एउटै सिरानी गरेर सुतेका थियौँ तीन मित्र।एकातिर छेउमा म थिएँ।एउटै सिरानीमा पल्टेका थियौँ।अघिसम्म अविराम वार्तारत थिए हाम्रा मुखहरू।कानहरू सक्रिय थिए छ वटै।मद्धिम प्रकाशले चियाइरहेको थियो सौचालयबाट।नीरवताले बढाउँदै लगेको थियो निद्राको प्रभाव।
सम्मुख दुई मित्रका मुख पहिलेकै मुद्रामा थिए।कानले उस्तै हेरिरहेकै थिए उडिरहेका मच्छरहरूलाई।म पूर्णतया निद्राविहीन थिएँ।
सम्मुख मुखमध्ये जुँगालाई संरक्षण गरिरहेको नाकले सुरु गर्यो–ङार्रर्र …। प्रत्युत्तरमा अलिक चर्को स्वर निस्क्यो–ङुर्रर्र …।
मित्रवत मुखहरू शान्त थिए तर नाकहरूको सम्वादले साँढे जुधेको अनुभूति दिइरहेको थियो।
दुवैका नाक, कान र मुखको अवस्था देखेर विस्मित थिएँ म।बिचमा सुतेपछि कि त मैले शान्त पार्नु या त जुध्नलाई मैदान खाली पारिदिनु उचित सम्झें।
ओछ्यानबाट तल झरी भुइँमा उत्तानो पर्ने प्रयास गरें।
बिना दाह्रीको चिल्लो गालामा भोज खान केही दर्जन मच्छर लहरै बसे।आफ्नै हातले दिएको चड्कनको चोटले निद्रा बिथोलियो।सम्वाद रोकिएपछि अर्को नाक पनि बेरोजगार देखियो।दुवै मित्रका चार वटै आँखा खुले।मित्रवत जुधे पनि।
अत्तालिएको स्वरमा दुवैको मुखबाट फुत्क्यो–ढोका त भित्रबाटै बन्द छ,बीचको मित्र खोई ?
सञ्जय साह मित्र,रौतहट
रौतहट
प्रतिक्रिया