महीमा सानै छँदा उनकी आमाको मृत्यु भएको थियो।आमाको मृत्युपछि उनको बुबाले उनकै लालन पालनमा कमी होला भनि दोश्रो बिबाह गरेनन्।उनी २२ बर्ष पुग्दैमा उनले मन पराएको चन्द्र बहादुरसँग बिबाह गरी।बिबाह भएको केही समय राम्रै बित्यो।बिबाह भएको ३ बर्षपछि छोरी जन्मी।छोरी जन्मेपछि महीमाले कमाउन सकेन।चन्द्र बहादुर एक्लैको आम्दानीले घर खर्च धान्न गाहो भो।चन्द्र बहादुरले बैदेशिक रोजगारमा जाने बिचार गरे।शुरुमा त महीमाले मानिन्।चन्द्र बहादुरले धेरै सम्झाएपछि महीमाले स्विकृती दियो।चन्द्र बहादुरको बिदेश जाने दिन नजिकै आयो ।महीमा सधैं पिर गर्थी।एकदिन चन्द्र बहादुरले महीमालाई सम्झाउँदै भने,हेर महीमा!म बिदेश गएपछि तिमी आफ्नो र छोरीको राम्रो ख्याल गर्नु,जुन दिनसम्म आकाशमा चन्द्रमा रहन्छ,त्यो दिनसम्म म तिम्रै साथमा रहेको सम्झनु।केही दिनमा चन्द्र बहादुर बिदेशतिर उडे।उनले कमाई पठाएको पैसाले महीमाले ऋण तिरीन्। ऋण तिरी सकेर सानो घर बनाउने उनीहरुको सपना साकार गर्नको लागि महीमाले केही पैसा जोगाउँदै गई।महीमा सधै राती आकाशको चन्द्रमालाई हेर्दै मन बुझाउथे।कुनै दिन बादल लागि चन्द्रमा धमिलो हुँदा उनी आतिन्थी।एकदिन उनको चन्द्र बहादुर सदाको लागि अस्तायो।उनले काम गर्ने ठाँउमा दुर्धटनामा परेर उनको मृत्यु भयो।यो सुनेर महीमाले आफूलाई थाम्न सकिन।बिस्तारै छोरीको मुख हेरी आत्मबल बढाए,अनि चन्द्र बहादुरले भनेको सम्झे “जबसम्म आकाशमा चन्द्रमा रहन्छ म तिम्रै साथमा रहेको सम्झनु”।महीमाले घर बनाउन बचाएर राखेको पैसाले आफनो व्यवहार चलाए।एकदिन उनको भेट् बिशालसँग भयो।बिशालसँग भेटघाट चिनजान पछि मित्रता गाढा हुन थाल्यो।बिशालले महीमालाई मन पराएको कुरा सुनाए।बिभिन्न बाचा गरे।उनकी छोरीलाई आफनै नाम दिन समेत राजी भए। अन्तत महीमा र बिशाल बिच बिबाह भयो।बिशालले छोरी प्रतिक्षालाई निकै माया गर्थे।प्रतिक्षाले बाबुको माया पाएकोले महीमा पनि दगं थिइ।समय बित्दै गयो, बिशालले आफूले गरेको बाचा बिर्सदै गए।उनलाई आफनै सन्तान चाहियो भनि सधै बिबाद हुन थाल्यो।महीमाले हार खायो।अन्तत उनीहरुको छोरा जन्मीयो।छोरा जन्मेपछि बिशालले प्रतिक्षालाई देख्न नसक्ने भयो।सधैं गाली गर्ने,अपशब्द बोल्ने। यसै बिषयले गर्दा महीमा र बिशालको सम्बन्धमा दराद शुरु भयो।
एकदिन बिशालले परीवारलाई छोडेर बेपत्ता भयो।महीमालाई काम नगरी सुखै भएन।उनीले ८ कक्षासम्म मात्र पढेकी थिइ।उनीले घरधन्दाको काम खोजी।कतै बिश्वसनियता छैन भने त कतै थोरै तलब दिने कुरा भयो।अन्तत उनीले ज्यामी काम पाए।ठेकेदारले उनीप्रति भेदभाव गर्ने,बिभिन्न बहानामा थोरै ज्याला दिने, हरेक किसीमले मानसिक यातना दिन थाले।काम गरेको ज्याला माग्दा उनको कोठामा बोलाउने,उनसँग सम्बन्ध गर्न बाध्य तुल्याउने।महीमा जिन्दगीसँग हार खाए ।सबै आमाहरुको जस्तै उनको मनमा पनि आफ्ना छोरा–छोरीले मिठो खाउन, राम्रो लाउन,सुकिला लुगा लगाएर बोडिङ्ग स्कुलमा पढुन भन्ने चाहना थियो। महीमाले नचाहदा पनि उनी ठेकेदारबाट पटक पटक बिभिन्न बहानामा यौन शोषित हुन थालेपछि महीमाले सोची,जब म आफनो मजदुरी पाउनको लागि पनि ठेकेदारबाट यौन शोषित हुनु पर्ने हो भने,किन म मेरा छोराछोरीको लागि स्वेच्छाले आफनो शरीर नबेचु?उनीले यसको कुनेै पनि बिकल्प भेटीन।उनी बाध्यताले गर्दा बिवश भै यौन पेशामा होमीइ।उनको आम्दानीले उनको घर व्यवहार राम्रोसँग चल्न थाले।उनकी छोरी प्रतिक्षा पढाईमा तेज थियो।साथै प्रतिक्षाले भाइको पनि रेखदेख गर्ने,पढाउने गर्दथी।उनीलाई आमाको पेशा बारेमा मात्र मेरी आमाले ओभरटाइम काम गर्नु हुन्छ,कहिले काहिं नाइट ड्युटी गर्नु हुन्छ भन्ने मात्र थाहा थियो।एकदिन प्रतिक्षाको कक्षामा आफना अभिभावकहरु के के काम गर्नु हुन्छ भनि सामाजिक शिक्षाको मिसले सोध्नु भयो।प्रतिक्षाले फूर्तिलो पाराले मेरी आमा ओभरटाइम र नाइट ड्युटी गर्नृु हुन्छ भनि।उनको कुरा सुनेर कक्षाका साथीहरु हाँसे।उनकी मीस पनि हास्दै ओभर टाइम र नाइट ड्युटीको अर्थ सम्झाउनु भो।प्रतिक्षाको बाल मस्तिकमा कुरा खेल्न थाल्यो।मेरी आमाले के काम गर्नु हुन्छ होला त ? उनी घर पुगी आमालाई स्कूलको सबै बेली बिस्तार लाए। आमा तपाई के काम गर्नु हुन्छ ? भनि सोधी।महीमालाई जे कुराको डर थियो, त्यहि भयो।उनीले आफू उभिएको धरातल पनि १० रेक्टर स्केलको भूइचालोले हल्लाए जस्तो लाग्यो।उनी अवाक भई।बागमती नदीमा गई फाल हालौ जस्तो भो। ऐना हेर्दा आफ्नो अनुहार होइन चारेतिरबाट नरपिचाशहरुले खोस्रन खोजेजस्तो भो ।अनि आकाशमा चन्द्रमा मुस्कुराइ रहेको थियो।
(यो काल्पनिक कथा हो ।)
-अधिवक्ता सजनी जोशी
प्रतिक्रिया