भाग्यको दोष

रेणु गुप्ता २०७८ पुष २१ गते ११:१० मा प्रकाशित

माहिला दाइ सोझासाझा तर माहिलाकी श्रीमती भने अलिक बाठी थिइन्।कुरा बुझ्ने ।अर्काको खेतबारीमा काम गरेर गाउँमा बसेको सानो परिवार।एउटी छोरी हुर्कदै थिई।

ऋणको लेनदेनको ब्याजको विषयमा एक दिन माहिला र मुखिया बाको कुरो मिलेन।चित्त नबुझ्दा सोझो माहिलाले मनमा आएको भनिदिए।मुखियाको चित्त दुख्यो ।उसलाई तह नलगाई भएन भन्ने भावना मनमा लिए मुखियाले,तत्काल केही बोलेनन्।

मिठो मसिनो खाएर सानो परिवार सुखी परिवारको उदाहरण बनेको थियो माहिलाको परिवार।न कसैसित केही लिनु र न त कसैलाई केही दिनु नै। मुखियालाई नमस्कार नगरेको दुई महिनाजति भयो।

एक दिन माहिला काम विशेषले सहर गए।काम पूरा नभएपछि त्यस रात उतै बसे।

यता मुखियाले केही मान्छे माहिलाको घर पठाए।तिनीहरूले माहिलाको घरको बत्ती निभाए र छोरी तथा श्रीमतीमाथि द्रुब्यवहार गरे।घरका सामानहरू पनि लुटे।माहिलाकी श्रीमती र छोरी चिच्याए,हारगुहार मागे तर कोही आएनन्।

माहिला आएपछि रातिको घटना थाहा पाएर सबैभन्दा पहिले मुखियाजीलाई भन्न गए।गाउँमा त्यत्रो घटना भएकोमा अरू कसैले किन थाहा पाएनन्?तिम्रा छोरी र श्रीमतीले कि त झूठो बोलेको हुनुपर्छ कि त आफ्नो घरमा अरू मान्छेलाई बोलाएको हुनुपर्छ मुखियाजीले कड्केपछि माहिला छक्क परे।बुझन् त माहिलाले सजिलै बुझे–मुखियाकै काम हो।

तर जब घर पुगेर उनले भने–राति घटना भएको गाउँमा कसैलाई पनि थाहा छैन ।यत्रो ठूलो वज्रपात पर्दा त टोलछिमेकले सुन्नुपर्ने हो।कसरी सम्भव भयो ?
मुखले त्यसरी बोले पनि मनमा आवाज गुञ्जिरहेको थियो–गरिबले न्याय नपाउनु भाग्यकै दोष हो!

रेणु गुप्ता

रौतहट

प्रतिक्रिया