धेरै पछि आज खुल्यो पोखरा ।
अनुपम सौन्दर्य लिइ फुल्यो पोखरा ।।
वर्षापछिको पारीलो घाममा ,
आनन्दले मस्त झुल्यो पोखरा ।।
स्वदेशी,विदेशी पाहुनाहरुको ,
स्वागतमा रमाउँदै भुल्यो पोखरा ।।
सातताल,मन्दिर अनि गुफा चहार्दै,
मैदान,पहाड,हिमाल सम्म डुल्यो पोखरा ।।
धेरै पछि आज खुल्यो पोखरा ।
अनुपम सौन्दर्य लिइ फुल्यो पोखरा ।।
-मित्र उराठी गौतम
अमरपुर-गुल्मी, हालःतिलोत्तमा न.पा. -२,रुपन्देही
प्रतिक्रिया