हामिले पढनै पर्छ विर पुर्खाहरुको……………….

गोबिन्द राज ओझा (राजन) २०७८ पुष १२ गते ०:५५ मा प्रकाशित

हामिले पढनै पर्छ विर पुर्खाहरुको विरताको कथा
सिंगो राष्ट्र नेपाल निर्माण गर्ने सङघर्षको कथा

हृदयमा देशलाई राख्ने गरौ मन भित्रबाट सधै देशलाई सम्झौ
आउ आज राजा पृथ्विनारायण शाहको योगदान बारे चर्चा गरौ
सबै हामि नेपालीहरु राष्ट निर्माणको कार्यमा एकजुट हौ
अत्यन्त प्यारो अत्यन्त सुन्दर राष्ट नेपालको निर्माण गरौ

हे नेपाल माता आज पृथ्विनारायण शाहा जस्ता सपुतको जन्म देउ
सत्रु सामु नझुकेर हामिले नेपालको सिमाना रक्षा गर्ने वरदान देउ
यो राज्यको निर्माण कार्यमा सारा नेपालि एकजुट भई आउ
ईतिहासको त्यो सुन्दर पानामा विरताको गाथा हामिले जोगाउ

विर पुर्खाहरुको विरताले टुक्रा टुक्रा राज्य जोडेर सिंगो देश निर्माण गर्दा
वाईसे-चौविशे राज्य सबै जितेर सिंगो नेपाल राष्ट निर्माण गर्दा
नेपाल राज्यको आजको स्वरूप कायम हुनुमा उनको योगदान बढि छ
सयौ जाति भाषा धर्म सबैको साझा फुलबारी हाम्रो देश रहेको छ

मेचि देखि कालि सम्म तराई,पाहाड,हिमाल सम्म फैलिएको यो देश
शत्रु सामु कहिले नझुक्ने डटेर लडने विर नेपालिको यो देश
सारा नेपालीलाई एकताको सुत्रमा बाधेर राख्ने कुरा प्यारो लाग्छ
पृथ्वि नारायण शाहको योगदानको चर्चा गर्न मन लाग्छ

मेरो यो डायरीमा देशको बारेमा लेख्दा मन देखि नै खुसि लाग्छ
स्वर्गबाट छुट्टिएको टुक्रा हाम्रो देश नेपाल हो जस्तो लाग्छ
सारा नेपालिलाई एकताको सुत्रमा बाधेर राख्ने सिद्धान्त मन पर्छ
पुर्खाको नासो, विरताको चिनो स्वतन्त्र देश हेरी रहु लाग्छ

मलाई गर्व लाग्छ यो संसारमा नेपालि हुन पाउदा
अखण्ड, शान्त देव भुमि नेपालमा जन्म हुन पाउदा
सगरमाथा शिर हाम्रो घर हो हाम्रो यो सुन्दर नेपाल
विर युद्धा जन्मेको सुन्दर शान्त भुमि हो यो नेपाल

राजा पृथ्विनारायण शाहले एकिकृत गरेको
मेरो प्यारो यो देश मेचि महाकालिन सम्म छ फैलिएको
आफु जन्मेको देशको सेवा गर्न पाउदा गर्व लाग्छ
सगरमाथाको देश मेरो जहाँ लालिगुराउस फुल्दछ

मिलि वसौ भन्छ मन हिमाल, पहाड, तराई
सबै हामि नेपालि हौ छौनौ कोहि पराई
हाम्रो देशको नाम सधै विश्व सामु चम्किरहोस
अखण्ड नेपाल शान्त, देवभुमि हाम्रो नेपाल चम्किरहोस

भौगोलिक,प्राकृतिक सास्कृतिक विविधता मौलिकता जोगाउने यो देश
हिमाल उच्चो शिर बनेको सुन्दर शान्त देश नेपालको
आदर्श नारी सिता पनि जन्मिईन यहि देशको माटोमा
फर्कि आउ है आफ्नै गाउ,पसिना बगाउ आफ्नै देशमा

जसको दिव्य उपदेश बाट मुलुकले धेरै कुरा सिकाउनुपर्छ
नेपाल एकिकरण गरी सिंगो योगदानको चर्चा गर्नुपर्छ
आज सिंगो देश बनाउने देशभक्तको खाचो छ
नेपाल देशको सारा सिमाना जोगाउने धोको छ

गोबिन्द राज ओझा

दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल डोटी

प्रतिक्रिया