किन नेपाल गरिब देश भयो÷अशान्ति भयो ?

इनेप्लिज २०७८ पुष ७ गते १२:२२ मा प्रकाशित

 

अन्तरिक्षबाट हेर्दा खेरि नेपाल चाँदीको हार जस्तै देखिन्छ रे।देश बिदेशका पर्यटकहरुले नेपाललाई ‘स्वर्गको टुक्रा’ वा धर्तीको स्वर्ग भनेर मुक्तकण्ठले प्रशंसा गर्दछन् र नेपाल आउन नपाएका लाखौं मानिसहरुले “मर्नु अघि नेपाल हेर्छु” भनेर संकल्प पनि गर्दछन्।नेपालको सुन्दरता र बैभवतालाई शब्दहरुले व्याख्या गर्न सकिदैन।प्रकृतिक श्रोत साधनले भरिपूर्ण राष्ट्र आज कुवेरले धनको पोको माथि बसेर भिख मागे जस्तै स्थिति भएको छ।

बैदिक ज्ञानको मुहानमा अज्ञानता छ र बुद्धभूमि शान्तिको मुहानमा नै अशान्ति छ।जन–जनको प्रश्न यहि छ की किन नेपाल गरिब ? किन सधैं अशान्ति ? म भन्छु,नेपाललाई गरिब बनाइयो, अशान्त बनाइयो।माथिको प्रश्नलाई प्रष्ट पार्न मैले यी कुराहरु भन्नै पर्छ।

क) नेपालीले नेपाल चिनेनन्ः

नेपाल सुन्दर छ, शान्त छ र विशाल छ।बाबा गोरक्षनाथबाट आशिर्वाद प्राप्त यो गोरक्ष राष्ट्र देवभूमि–स्वर्गभूमि र तपोभूमि हो।बैदिक सनातन धर्म र मानब सभ्याताको उद्गमस्थल हो।ज्ञान र शान्तिको मुहान,भगवान राम–कृष्ण र बुद्धको जन्मस्थल हो।शिवशंकर भोलेको बासस्थान पबित्र कैलाश,बिष्णुको वैकुण्ठधाम यहि छ भने हिमालय पर्बतबाट पबित्र गंगा बगेकी छिन्।कुशेश्वर धाममा बसी विश्वमित्र ऋषिले गायत्रीमन्त्र रचना गर्नुभयो भने देवघाटमा बसेर बशिष्ठ ऋषिले महामृत्यूञ्जय मन्त्र रचना गर्नुभयो।देव धन्वन्तरीले अमृत मन्थन गरेको क्षिरसागर (दुधकोशी) यहि छ भने योग ध्यानका पिता योगी पातञ्जली प्रकटहुनु भएको हिमवतखण्ड (रुद्राक्षभूमि भोजपुर) यही छ।पबित्र शालिग्राम यही बग्छ,पबित्र रुद्राक्ष यही फल्छ।चारधामः पशुपतिनाथ,मुक्तिनाथ,बैजुनाथ केदारनाथ (डोलेश्वर) यही छ।शिवजीको साकार रुप ६४ वटै ज्योतिलिंग यही नेपाल भूमिमा छ।नेपालथोकमा अबस्थित कुशेश्वर प्रथम ज्योतिलिंग हो भने पशुपतिनाथमा रहेको रुद्रगारेश्वर ६४ औ ज्योतिलिंग हो।त्यसैले नेपाल ऋषीमुनीहरुको तपोभूमी हो।नेपाललाई सत्य युगमा सत्यबती,त्रेतायुगमा तपोवती,द्धापरयुगमा मुक्तिदायिनी र कलीयुगमा नेपाल मण्डल भनेर भनिन्थ्यो।

“हिमालय समारभ्यं यावत इन्दु सरोव”

तंदेव निर्मित दशंहिन्दु स्थान प्रच्छयते”

अर्थात हिमालदेखि इन्दु सरोवर तालसम्मको देवताहरुले बनाएको भूभाग जहाँ सुसंस्कृत मानिस बसेका छन् त्यसलाई हिन्दुस्थान भनिन्छ । अतःसक्कली हिन्दुस्थान नेपालनै हो।हिन्दुको शाब्दिक अर्थ हुन्छ–सुसंस्कृत,परिस्कृत,सभ्य मानिस।तर अहिलेको जमानामा असल मान्छे भेट्न नै गाह्रो छ।मानवको खोलभित्र दानवहरु छन्।मतिभ्रष्ट,अरुको भलाई नचाहने त्यस्ता शैतानहरुले त नेपाल चिन्ने कुरै भएन।बाँकी भएका थोरै राष्ट्रभक्त सज्जन नेपालीहरुले पनि नेपाल चिनेनन्।मलाई चित्त दुख्छ।

 

ख) वैदिक ज्ञानको अभाव भयोेः

ऋषिमुनिहरुको तपोभूमि यो नेपाल राज्य वैदिक ज्ञानको भण्डार हो।दमौलीमा जन्मुभएका कृष्ण द्वापायन – ‘बेद व्यास’ ले ४ वेद १८ पुराणको रचना गर्नुभयो।स्मरण रहोस्, वेद भनेको मानब लगायत सकल प्राणी, जीव र जगतको संबिधान हो।सम्पूर्ण भाषा,साहित्य,धर्म,सम्प्रदाय र बैज्ञानिक आबिष्कारको स्रोतनै वेद हो।वेदले जीबन र जगतको बारेमा सिकाई दिव्य ज्ञानको आँखा खुलाउँदछ।त्यसैले त अहिले सारा संसारका मानिसहरु शान्तिको खोजीमा,दिव्य ज्ञानको खोजीमा भौतारिँदै नेपाल आउन थालेका छन् । अफसोच,हामी पटमुर्ख नेपालीहरु भने सूट–टाई दाम्लो झुण्डाएर भैंसी ईङ्गलिस फररमा मस्त छौं।प्रोटिनका लागी मासु नै खानु पर्छ भन्ने शिक्षा सिकाइयो।के प्रोटिनका श्रोतहरु अरु छैनन् र ? पश्चिमी मुलुकतिर पो दाल गेडागुडी अन्न पाइन्नथ्यो,बाँच्नलाई मासुनै खान्थे।युरोपका मान्छेहरु ४÷५ सय बर्ष अगाडि त जंगलमानै थिए।भर्खर त हो नि सफासुग्घर भएका,औषधिमूलो जानेका र अन्न खान थालेका।त्यही उनीहरुको सिको गरेर मासु रक्सीनै पिउनु पर्ने शिक्षा नै गलत छ।किनकी यस्ता राक्षसी भोजनले हामीमा राक्षसी प्रबृति पैदा गर्दछ।हामी जे खायो त्यही बन्छौ होइन र ? अर्को कुरा,के न्यूटनको पालनादेखि नै स्याँउ भूईमा खस्न थालेको हो र ? गुरुत्वाकर्षणको सिद्धान्त त हजाराँ वर्ष पहिले कर्णाद,भृगु ,परासर,आर्यभट्ट जस्ता ऋषिमुनीहरुले पत्ता लगाई सकेका थिए त।पश्चिमी मुलुकका मान्छेहरु ढुंगाको भरमा शिकार गर्दैगर्दा,भुइमा गुच्चा खेल्दै गर्दा हाम्रा ऋषिमुनिहरुले भने वेदका ऋचाहरु लेखिसकेका थिए।अनि पश्चिमेलीहरुले हाम्रो वैदिक ज्ञानलाई चोरर,खोज अनुषन्धान गरेर धेरै पछि मात्र बिशेष ज्ञान अथवा बिज्ञान बनाए । यता हाम्रा सुँगुर–स्वाँठ पण्डितहरुले भने वेदलाई पूज्न मात्र लगाए।उनीहरुले भने खोज अनुषन्धान गरेर बैज्ञानिक आबिष्कार गरे।हुन त त्यस्ता बैज्ञानिक आबिष्कारहरु (गाडी,फोन,टि.भी. हवाईजहाज,बिजुली) नेपालमा उहिलेनै भैसकेको थियो।यसैलाई वैदिक ऋचाको सहयोगले पश्चिमेलीहरुले पुनःआबिष्कार गरेका मात्र हुन्।कुरो के हो भने,हामी उनीहरुको तथाकथित शिक्षामा मख्ख प¥यौ र बत्ती मुनिको अध्यारो भयौ।

अहिलेको शिक्षाले बाठो बनाउँदछ,कमाउन,ठग्न,प्रतिस्पर्धा गराउन (पछार्न) मात्र सिकाउँछ तर जीवन र जगत बुझ्ने दिव्य ज्ञान कदापी दिन सक्दैन।बैदिक शिक्षाले जस्तो भातृत्व,मानवता र सह–अस्तित्वको पाठ सिकाउँदैन भने सहिष्णुता र शान्तिको भावना त जगाउनै सक्दैन।त्यसैले सु–संस्कृत सभ्य मानव बनाउन वैदिक ज्ञान खाँचो छ।

ग) धर्मको पालना भएनः

धर्म भनेको कुनै धार्मिक सम्प्रदाय नभई व्यक्ति वा वस्तुको प्राकृतिक स्वभाव हो।जस्तो कि नूनको गुण नूनिलो हुनु हो भने खोर्सानीको गुण (धर्म) पिरो हुनु हो।“धर्म धारयती इति धर्मः”अर्थात उसमा अन्तरनिहित गुण र त्यही अनुरुपको कर्तव्यनै धर्म भन्ने बुझनुपर्दछ।उदाहरणको लागि,आगोको धर्म उज्यालो दिनु र पोल्नु हो भने पानीको धर्म शितला दिनु,प्यास मेटाउनु हो।त्यस्तै न्यायाधिसको धर्म भनेको निष्पक्ष न्याय दिनु हो।प्रहरीको धर्म शान्ति–सुरक्षा कायम राख्नु हो।नागरिक र राष्ट्र प्रति समर्पित भई सेवा गर्नु नेताको धर्म हो भने निश्चित मूनाफा लिई उपभोग्य सामान बेचबिखन गर्नु एक ईमान्दार व्यापरीको धर्म हो।तर अहिले त रातारात धनी हुने व्यापारी छन्।धर्म सम्प्रदायहरु पनि घोषणा पत्र बोकेको पार्र्टीहरु जस्ता छन्।असारमा बाढी आउँछ भन्ने ज्योतिषीहरु र डेडप्लेट लुते भैंसीको मःमः मा बिक्ने लुब्दा पत्रकारहरु छन्।पार्टीहरु सबै दिल्लीका ज्वाईसाबहरु भएपछि अनि संघसंस्थाहरु सबै European Union  को हली बनेपछि कसरी हुन्छ नेपालमा समृद्धि र शान्ति ?

यहाँ त सच्चा नेपाली भेट्ननै गाह्रो छ।म माओवादी,म एमाले,म काँग्रेस भनेको मात्र सुनिन्छ।“म नेपाली” भनेको कहिल्यै सुनिन्न।के नेपाल बनाउनको लागी नेपालवाद छैन र ? बाहिरबाट आएको माओवादी र गान्धिबादले कसरी नेपाल बन्छ ? यो त छोराछोरी जन्माउन नसकेर अर्को परपुरुषलाई बोलाएको जस्तो भएन र ? त्यसैगरी,धर्म,सम्प्रदायको नाँउमा पनि प्रदुषण फैलिएको छ।क्रिश्चियन,मुसलमान,तथाकथित हिन्दु,बौद्धमार्गीहरुले त झन् समाजमा कलहको बिउ रोपेका छन्।कसैले Holy Wine  भनेर पबित्र मूत्र पिलाउँछन।यस्तै मुत्र पिएर होला दिमाग पनि पशुको जस्तो भाको र कोरोनालाई गाली गरेर क्रिश्चियन पाश्टरहरुले कोरोना भगाएको।हासेरै मरिन्छ कि क्या हौ गाँठे।

यी धार्मिक सम्प्रदायहरुको धर्म भनेको त बेदमा भएका ज्ञानका कुराहरु बाड्ने हो।स्मरण रहोस्,बेद भनेको बाहुनको पुस्तक होइन।यो त सबै धार्मिक सम्प्रदाय,संस्कृति, भाषा, साहित्यको मूल श्रोत हो।यसरी बिचार गर्दा,हामी सबै ओमकार परिवारका सदस्य हौं।पञ्चशिलको पलाना गर्नुपर्दछ,सतकर्म गर्नुपर्दछ भनेर भातृत्व र मानवताको पाठ सिकाउनु पर्नेमा उनीहरु आफ्नै अहंकारले अशान्ति फैलाइराखेका छन्।मेरो धर्म राम्रो – तिम्रो चाही चाम्रो भनेर गालीगलौज गरेको मात्र पाइन्छ।के ईश्वर पनि थरीथरीका हुन्छन र ? उही इन्डियन ले “शिव इज एन इन्डियन गड” भनेको जस्तो हास्यास्पद हुदैन र ? उसभने जापानिले जापानिज गड,इटालिएनले इटालीएन गड खोज्नुपर्ने भया,कि कसो ? ए हजुर, ईश्वर एक छन् – धेरै लाल्टिन भएता पनि ज्योति एकै किसिमको हुन्छ।खैत कुरो बुझेको ?

 

घ) संस्कार र संस्कृतिमा बिकृतिः

शास्त्र हराए संस्कृति हराउछ, संस्कृति हराए संस्कार

संस्कार हराए पहिचान हराउछ पहिचान हराए राष्ट्र

हो– कुनै पनि राष्ट्रको भेष–भुषा, भाषा र संस्कृति उसको मौलिक पहिचान हुन्छ।झन् हाम्रो वैदिक संस्कृति त मानब सभ्यताकै पुरानो सभ्यता–संस्कृति हो।पश्चिमी मुलुकका मानिसहरु नाङ्गै हुँदा र एउटा इण्डियन भैयाले धोती मात्र बेर्न जान्दाखेरी हाम्रो पुर्खाहरु टोपी–दौरा सुरुवाल र चौबन्दी साडी चोलोमा चिटिक्क परेर सजिएका थिए।यस्तै भाव बोकेको एउटा नमूना चित्र साईप्रस देशको राष्ट्रिय संग्राहलयमा झुण्डाइएको छ।त्यसैले हाम्रो संस्कृत भाषा र वैदिक सभ्यता अत्यन्तै सुसंस्कृत परिस्किृत थियो तर अहिलेको बिकृति हेर्दा लाज लाग्छ।

· दुध बेचेर रक्सी धोक्ने संस्कार

· धर्मको नाउमा निर्दोष जनावरहरु काटिने संस्कार

· ईश्वर प्रति कृतज्ञ नहुने,आकाशबाट फ्यातत नै खसे भनी सम्झने सोच

· बुबाआमालाई वृद्धाश्रममा पठाएर घरमा कुकुर पाल्ने संस्कार

· १०० ५ प्राणवायु दिने तुलसीको मोठमा दियो नबालेर प्लाष्टिकको धुपी सजाउने संस्कार

· नयाँ कपडा किनेर,प्वाल पारेर लगाउने संस्कार

· संजीवनी सरहको मोही फ्याकेर बिषालु कोक पिउने संस्कार

· जडीबुटी खादा पाखे भइन्छ भनेर पश्चिमी सभ्यताको मन्द बिषकाHoly Wine  खाने संस्कार

· दाह्रीवाल लट्टे जोगीलाई ‘गुरु’ भन्दै लम्पसार पर्ने संस्कार

· छोराछोरी बिदेशमा छन् (America,Australia,Japan,Canada)  मा छन् भनी आमाबाउले यत्रो नाक घोक्राउने संस्कार

· Buffalo English ठसठस कनीकनी फतफताएपछि बिद्यार्थीहरु शिक्षित भएको ठानिने संस्कार

· गंगाजल र पञ्चामृत बिर्सेर Holy wine  घुटुघुटु पार्ने संस्कार ।

· जय शम्भु र नमस्कार भन्न छोडी Hi / Hello, Good Morning भन्ने संस्कार

· टोपी दौरा–सुरुवाल, चौबन्दी चोलो र साडी (मानव सभ्याताकै पहिलो पोषाक लगाउन छाडेर बाख्रा बाँध्ने दाम्लो जस्तो त्ष्भ बाध्ने संस्कार

· सुन,जग्गा,घर,गाडीको मात्र सपना देखाउने–देख्ने संस्कार

· मातृभूमिलाई बिर्सेर UN  र RAW को हली बन्न आतुर हुने संस्कार

· देववाणी संस्कृत भाषा बोल्न छाडेर गाई खाने भाषा बोल्ने संस्कार ।

· मगन्ते सोच,आसे प्रबृत्ति र सित्तैमा पाउँदा रमाउने संस्कार।

हौ यस्तै यस्तै कुसंस्कार र बिकृति भएर पनि नेपाल समृद्ध र शान्तिपूर्ण राष्ट्र बन्न नसकेको हो।सात्विक भोजन,सतकर्म र चेतनामा शुद्धिकरण नभएसम्म समृद्ध नेपालको नारा छेपारोको कथा मात्र हुन्छ।

 

ङ) तन्त्रमा प्रदुषण – आध्यात्मिक उर्जामा खराबी

यो संस्कार ३ चिजले चलेको छ।यन्त्र,मन्त्र र तन्त्र।हाम्रो दैनिक जीवनयापन सजिलो पार्ने उपकरणहरु जस्तै गाडी,फोन,कम्प्युटर,डाक्टरको स्टेथिसकोप,किसानको कोदालो, हजामको कैंची,कलाकारको कुर्ची,ईत्यादी यन्त्रमा पर्दछन्।आ–आफ्नो पेशमा प्र्रयोग हुने यन्त्र उपकरणले जीवन संस्कार चलेको छ।अर्को हो मन्त्र।यहाँ संस्कृत भाषाको शब्द मात्र नसम्झेर दैनिक वोलिचालीका भाषा,साहित्य,समाचार,अखबारहरु सबै मन्त्रमा पर्दछन्।र अर्को हो अदृश्य तन्त्र शक्ति जो हाम्रो शरिर भित्र अन्तर निहित ब्रह्माण्डीय उर्जा नै हो।अब अहिले, जाँड,रक्सी,मासु,चुरोट जस्ता राक्षसी भोजनले गर्दा शरिर भित्रको देवत्व नासिएर क्रोध,लोभ,कामुकता,अहंकार जस्ता राक्षसी प्रवृति मात्र देखा परेको छ।किनकी हामीले जे खान्छौ त्यही नै बन्छौ।त्यसतै,राक्षसले खाने खाना खाएपछि अवश्यनै राक्षसी प्रबृत्ति बढ्छ नै,होइन र ?

त्यसैगरी टपरे बाहुनहरुको अज्ञानताले यज्ञ–होम गर्दा ‘स्वाहाँ’ भनेर पनि दैविक उर्जा तन्त्र बिग्रेको छ।जसरी पूजाआजामा दिइने पैसालाइ ‘दक्षिणा’ र मलामी जाँदा छरिने पैसालाइ ‘टिला’ भनिन्छ,त्यसैगरी आगोको पनि दुईवटा रुप हुन् ।पबित्र यज्ञ–होममा बालिने आगोलाई ‘स्वधा’ र चितामा बालिने आगोलाई ‘स्वाहाँ’ भनिन्छ।बोलिचालीमा पनि ‘‘फलानोले त जुवामा सबै सम्पती स्वाहाँ बनायो  भन्छौ नि,होइन र ? अब लाश पोल्दा बालिने ‘स्वाहाँ’ (भष्म खरानी) भन्ने आगोले कसरी सकारात्मक दैविक उर्जा आउँछ त ? भगवान श्रीकृष्णले गीताको ९ अध्यायको १६ श्लोकमा भन्नुभएको छ कि – ‘‘अहं क्रतुरहं यज्ञ : स्वधाहम हमौषधम‘‘‘‘‘ू ।अर्थात हे अर्जुन,यज्ञ गराउने पनि मै हुँ र हवनकुण्डमा ‘स्वधा’ भन्दै आगोमा जडिबुटी औषधी हाल्न लगाउने पनि म नै हुँ।यहि बाट पनि पुष्टि हुन्छ कि यज्ञ–होम होमादीमा ‘स्वधा’ भन्नुपर्दछ भनेर।फेरी अर्को कुचलन,यज्ञ–पूजामा तेल र घ्यूको मिश्रित दियो बालिनु पनि हो।स्मरण रहोस,तेल र घ्यूको मिश्रित दियाले भूत जाग्दछ।तेल मात्र दियो बाल्नु पर्ने हो।गल्ति भयो,भूत जगाउनलाई प्रयोग हुने घ्यू–तेल मिश्रित दियोले घर समाजमा नकारात्मक उर्जा मात्र पैदागरिदियो।

ब्रह्माण्डीय उर्जाहरु सबै दाहिने तर्फबाट  (Anticlockwise )घुम्दछन्।जस्तै नबग्रह या पृथ्वीको घुमाई,शरिरको कुण्डलीनी चक्र,फर्सी–काक्रा जस्ता लहराको घुमाई,हावा वा पानीको भूमरी,चराको पहिलो उडान वा जनावरहरुको पहिलो बसाई,दाँइ गर्दा घुमाइने गोरु या जातो इत्यादी।यी सबै दाहिने तिरबाट देब्रेतर्फ नै घुम्दछन् र प्रकृतिको नियमले पनि जता उर्जा बग्छ त्यतैतिर घुम्दा हामीलाई सजिलो हुन्छ।अब भन्नुस,मन्दिर भनेको ब्रह्माण्डीय उर्जा एकत्रित हुने ठाँउ हो र हामी पनि त्यही उर्जासंगै घुमेको भए सकारात्मक उर्जा प्राप्त हुन्थ्यो तर हाम्रै टपरे बाहुनहरुले भारतिय भैयाको लहैलहैमा लागेर ५०÷६० वर्ष अघि देखि यो कुसंस्कार भित्राई दियो।फलस्वरुप, हामीले शरिरभित्र र बाहिर बग्ने तरंगहरु प्रदुषित पा¥यौ।

हाम्रो राष्ट्रिय झण्डा नै उल्टो छ।टि.भी या  Wi-Fi device उल्टो गर्दा या फोन उल्टो गर्दा कुराकानी हुन नसके झै,हाम्रो तान्त्रिक बिधिबाट बनाइएको त्रिकोण झण्डानै उल्टो भएपछि कसरी ब्रह्माण्डीय उर्जा सकारात्मक हुन्छ त ? बाबा गोरक्षनाथको आशिर्वादबाट बनाइएको त्यो तान्त्रिक झण्डा संसारकै पुरानो राष्ट्रिय झण्डा हो।यही अद्धितीय झण्डाको अदृश्य तन्त्र शक्तिले हामी सधैं स्वाभिमानी भएका छौै।प्रकृतिमा पनि सूर्य माथि नै छ र हाम्रो सक्कली झण्डामा पनि सूर्य माथि नै छ।हाम्रा पुरानो मन्दिरहरु जस्तै कुरेश्वर,पाथिभारा,तलेजुमा अहिले पनि सूर्य माथि भएको झण्डा छ।अफसोच,भारतिय भैयाको दबाबमा यो झण्डा उल्टाइ दिइयो।फलस्वरुप, नेपालमा सधैं नै झगडा अशान्ति मात्र भइराख्यो।तन्त्र भनेको अमूर्त अदृश्य शक्ति भएकोले साधारण मानिसलाई बुझ्न गाह्रो पनि छ।तर मान्नुस की तपाईको घरकोWi Fi उपकरण उल्टो पारिदिंदा कसरी फोन ईन्टरनेट चलाउन सक्नुहुन्छ ? हौ यो पनि त्यस्तै कुरा हो।ह्याकरले बैंकको पैसा ह्याक गरेर लुटे जस्तै हो।कम्प्युटरको फाइलहरु कम्प्यूटरकै ज्ञान हुनेले मात्र लुकाउन सक्छ।एउटा साधारण किसानले त सक्दैन।त्यसैगरी तन्त्रको ज्ञान हुने भारतीयहरुले नै नेपालको भलो देख्न नसक्ने हुँदा सूर्यमाथि भएको झण्डा उल्टाइदिने वा मन्दिर उल्टो घुम्ने चलन चलाइदिए।फलस्वरुप,स्वर्गतुल्य नेपालभूमि नरक बन्यो।देवता जस्ता मान्छेहरु नरपुश,राक्षस बन्न पुगे।यो सबै तन्त्र बिग्रिदाको दुष्परिणाम हो।शाह कालभन्दा अगाडि भने नेपालमा सूर्य माथि भएको झण्डानै थियो।अहिले पनि राजा ज्ञानेन्द्रले कोजाग्रत पूर्णिमाको दिन ५४ तोलाको चाँदीको झण्डा तलेजु भवानीलाई चढाउँदछन्। यसको पनि त केही कारण होला नि,कि कसो त ? किन हाम्रै नेपालको झण्डा चाहि अद्धितिय छ त ? किन हिटलरले हाम्रो झण्डा चोर्न खोज्यो।नजानेर चिन्ह उल्टो (Clockwise) घुमाउँदा किन दोस्रो युद्धसम्म भोग्नु पर्यो ।के शक्ति थियो हाम्रो त्यो झण्डा र स्वस्तिक चिन्हमा ? यस्तो अदृश्य शक्तिको बारेमा पनि हामीले बुझ्नु जरुरी छ।

यसै प्रसंगमा भनि हालौ।हाम्रो शरिरभित्र ३ वटा रंगहरु हुन्छन्।घ्यू रंग, रातो र निलो प्रकाश।घ्यू रंगले चंचलता ल्याउँछ भने रातो प्रकाशले कामुता क्रोध र निलो प्रकाशले सत्य, असत्य छुट्याउन काम गर्दछ।तर आजभोलि हामीमा निलो प्रकाशको कमीले गर्दा सत्य असत्य छुट्याउन र तन्त्रको कुरा बुझ्न असमर्थ भयौ।नागराजाको पूजालाई बेवास्ता गर्यो ।नाग शक्तिले नै यो विश्व धानिएको छ,नाग शक्तिले नै हाम्रो जीवन आस्तित्व संभव छ भन्ने कुरा भूल्यौ।शरिर भित्रको कुण्डलीनी शक्ति केन्द्रमा किन नाग आकृति हुन्छ ? अनि WHO र अस्पतालका छापहरुमा किन नागको चिन्ह हुन्छ भन्ने कुराको चेत आएन फलरुवरुप दुःख भोगी राखेका छौ।

तन्त्रको कुरा बुझ्न र बुझाउन कठिन नै हुन्छ।यो त केबल अनुभव गर्न सकिने अदृश्य शक्ति हो।हजुरले यति मात्र बुझिदिनुस की शक्ति दुईवटा छन् : दृश्य र अदृश्य। उदाहरणको लागि बिजुलीको तार दृश्य हो र त्यो तार भित्रको मान्छे मार्ने करेण्ट अदृश्य शक्ति।बमको डल्लो दृश्य शक्ति हो भने त्यो डल्लाभित्र हिरोसिमा र नागासाकीलाई खरानी बनाउने सक्ने शक्ति अदृश्य हो।सूर्य देखिन्छ तर सूर्यको ताप देखिन्न।पात हल्लिएको देखिन्छ तर हावा देखिन्न।यही अदृश्य उर्जा शक्तिनै तन्त्र हो।हाम्रो बिर्य दृश्य छ भने बिर्यबाट यत्रो शरिर बन्ने प्रकृया अदृश्य शक्ति हो।झन् ऋयचयलब त महाअदृश्य शक्तिनै भयो,संसारलाई टक्क अडकाइ दियो।व्यस्त सडक एकाएक खाली गरिदियो र अहंकारले भरिएको मान्छे भनाउँदा राक्षसहरुलाई जेलभित्र कोचिदियो।अब भन्नुस् त,अदृश्य शक्ति कति भयानक हुन्छ।यस्तै तरिकाले त्यो मन्दिर घुम्ने प्रकृया र सूर्य माथि हुनुपर्ने सक्कली झण्डालाई तन्त्रज्ञानको सोचले बुझिदिनु होला।

च) कलिको दुष्प्रभाव

एउटी १६ वर्षे यूवती जवान केटीले आफ्नो चंचालता देखाउँदै “मेरो के दोष? यो त जवानीको दोष हो” भने झै यी सबै बिकृती–बिसंगतिहरु कलीयूग समयको दोष हो।यो समयको कालचक्र संगै यस्तो हुनैपर्ने थियो।मान्छेहरुलाई हरेक कुराको अनुभव गराउन पनि यस्ता घटना परिघटनाहरु आवश्यक थियो।किनकी यस्तो नभइकल राम राज्यको अनुभूति कसरी गर्ने त ? तितेकरेला खाएपछि पो तितोको अनुभव हुन्छ त,नखाईकन कसरी तितो थाहा पाउने भने जस्तै कलियुग के हो र कसरी मानबहरु दानबि स्वभावका हुन्छन् भनेर बुझाउनलाई पनि कलियुग आउनु आवश्यक थियो।त्यसैले धेरै नेताहरुको आलोचना नगरौं।उनीहरुलाई गाली गर्नु भनेको सुँगुरहरुलाई किन नुहाइनस् भनेर रिसाउनु जस्तै हो।ठग्नु,चोर्नु,लुट्नु,धोकादिनु,गफ हाक्नु त अहिलेका नेताहरुको जन्मजात स्वभाव नै हो । राष्ट्र र जनताको लागि यिनीहरु जन्मिएका नै होइनन् । हाँडीघोप्टेहरु आफ्नै भूडी भर्न, मस्त व्यापार गर्न आएका हुन् । त्यसैले त जनताहरुको वास्ता छैन।बरु तिनै जनताहरुको रगत,आँसु, र बिर्य खाएर मोटाएका छन् मगर दाईको सुँगुर जस्तै।पानी टयाङ्कीमा पैसाको बिटो लुकाइन्छ र जीबन जल औषधीमा पनि भ्रष्टचार हुन्छ यहाँ।यसलाई कलिको प्रभाब नभएर के भन्ने त ? र भबिष्य पुरणमा प्रष्ट भनिएकै छ नी “कलौ ब्रह्माण राक्षस” अर्थात, कलियूगका ब्रह्मणहरु राक्षसी स्वभावका हुन्छन् भनेर । यहाँ ब्रह्म ज्ञान सिकाउनेलाई ब्राह्मण भनिएको हो,कुनै जाति बिशेषलाई होइन।त्यस्ता ब्रह्म ज्ञान सिकाउने,ब्रह्मणहरुनै मति भ्रष्ट भएर जाँड रक्सीमा चुर्लुम्म डुब्छन्।सिनो जस्तै मासु चपाउँछन्।अनि सोच र संस्कार भ्रष्ट हुनेनै भयो नि।हुँदाहुँदा मदिरा संघको अध्यक्ष पनि बाहुन।जुनै पार्टीका टाउके नेता पनि बाहुन।माथि भनिएको श्लोक जस्तै यिनीहरु सबैमा राक्षसी स्वभाब छ।अरुको आँसु देख्दा यिनीहरु रमाउँदछन्। उनीहरुमा यो धर्ती,प्रकृति,राष्ट्रप्रेम कत्ति पनि छैन।भातृत्व,मानवता,ईमान्दारिता भन्ने कत्ति पनिछैन।पूर्ण राक्षसी स्वभाव भनेपछि कुरो बुझ्नुुस् न।

त्यसैगरी, भबिष्य पुराणमा भनिएकै छ की कलिका मानिसहरुमा ईश्वर प्रति कत्ति पनि भक्तिभाव हुँदैन। Facebook  मा झुण्डीन पाँच घण्टा समय हुन्छ तर आफूलाई सुन्दर जीवन दिने ईश्वर प्रति कृतज्ञ भएर पाँच मिनेट पूजागर्ने समय पनि हुँदैन।आफु आकाशबाट फुत्त खसे जस्तै सोच्दछन्।कलिका मनिसहरु खाली पैसा,पद,प्रतिष्ठा,सुन,घर, जग्गा,गाडी,जाँड,रक्सी,मासु र रण्डीबाजीमा लिप्त हुन्छन् भनिएको छ।हुन पनि ठ्याक्कै त्यस्तै छ यो समाज।जलवायु परिबर्तन,भुईचालो,सुनामी,महामारी,रोगले आतंकित हुने र धर्म सम्प्रदाय बिच ठूलो द्वन्द्व हुने कुरा पनि उल्लेख छ।यी सबै घटना परिघटनाहरु त हामीले देखेकै छौ होइन र ? त्यसैले सोच्नुस् यो सबै बिकृति बिसंगतीहरु कलियुग ‘समय’ को दोष हो।तर अब हामी बिधिवत रुपमा त्रेतायुगमा प्रवेश गरी सक्यौ।“यदा यदा ही धर्मस्य ग्लार्निभवती भारत” अर्थात जबजब यो भारत खण्डमा (हाम्रो भरतपुरमा राजधानी बनाएर राज्य गर्ने राजा भरत) अन्याय अत्याचार बढ्छ, मेरो भक्तहरु अन्यायमा पर्दछन्,त्यतिबेला फेरि म शैतानहरुलाई नष्ट गरी पुनः सनातन धर्मको रक्षा, शान्ति र सहिष्णुता कायमगर्न फेरि यस धर्तीमा आउने छु भन्ने श्रीकृष्ण भगवानको अमृत बाणी अनुरुपनै बाबा सद्गुरु गोरखानाथ आफ्नो कल्की अवतार धारण गरेर यस धर्तीमा प्रकट भइसक्नुभयो।त्यसै हुनाले त उहाँको आगमनको लागि गोरखनाथ कल्याण केन्द्र नपालले दामन,धार्के र कुशेश्वरमा गोरक्षधाम बनाइसकेको छ।अब चेतनामा शुद्धिकरण हुँदै जान्छ र सबैमा सद्बुद्धि पलाउदै जान्छ।मानिसहरुमा सकारात्मक सोच देवत्व बढ्दै जान्छ।सबैले योग ध्यान र वैदिक शिक्षाको अपरिहार्यता महसुस गर्ने छन्।नेपाल चाही पुनः स्वर्गभूमि बन्ने छ।विश्वको श्रीपेच नेपालको दर्शन गर्न संसारभरका मानिसहरु ओइरो लाग्ने छन्।सबैलाई चेतना भया।

LETS JOIN HANDS FOR THE RESTORATION OF WORLD PEACE …

Gyanu Shrestha
TUSHITA-NEPAL
Tel: +977-061621222 / Mobile: 9856025232 / 9846026050
www.tushitanepal.com

प्रतिक्रिया