किसान माध्यामिक विद्यालय झेडेवा पाल्पामा अध्ययन गरेका पूर्व विद्यार्थीहरुले आफनो गुरुआमा मिना कुमारी केसीलाई गुरु दक्षिणा स्वरुप ,‘मिना दिदी’ नामक पुस्तक अर्पण गरे ।
उक्त पुस्तक गुरुआमा मिना के सीका बिधार्थी अनि समकालिन शिक्षकहरुले उहासंगका सम्झना लेखेर प्रकाशन गरेका हुन् । गुरुआमाको बिधार्थी तथा पछि गएर समकालिन शिक्षक ‘मिना दिदी’ पुस्तकका सम्पादक उमानाथ पोखरेल हुन् ।
‘मिना दिदी’ले पढाउने समयमा गरेको संघर्ष र हामी विद्यार्थी प्रति गर्ने व्यवहारले धेरै स्मरणीयरहेको कुरा सम्पादकले बताए। आफूले पुस्तकको सम्पादन गरिरहँदा हरेक पूर्व विद्यार्थीहरुले लेखेका नयाँ नयाँ कुराहरुले आफूलाई उत्साहित बनाएको पनि बताए। र अरुको छोराछोरीलाई पनि उत्तिकै प्रेम दर्शाउनु अविस्मरणीय भएको उनको भनाइ थियो।
एउटी महिलाले त्यो समयमा आफ्ना लालाबाला बोकेर विरानो ठाउँमा गइ अध्यापन गराउनु, लालाबाला काखीमा च्यापेर मिना केसीले २०२७ देखि २०४७ सम्म अनबरत रुपमा पाल्पाको झडेवा स्थित किसान मा बि मा अध्यापन गराउनु भएको थियो ।
मिना केसी आफनो सबै बिधार्थी शिक्षक र गाउ कै लागि मिना दिदीले सम्बोधित हुनु हुन्थ्यो । सम्पादक उमानाथ पोखरेलले भने ,- उहा बिद्यालयको पहिलो तालिम प्राप्त महिला शिक्षक हुनु हुन्थ्यो । उहाकै कारण धेरैले आफ्ना छोरीलाई बिद्यालय पठाएका थिए । जिल्ला कै एक नमुना हुनुहुन्थ्यो मिना दिदी ।
त्यस अवधिका ‘मिना दिदी’ले अध्यापन गराउँदा विद्यार्थीले आफ्नो अनुभव लेखेका छन्। छात्राहरुको सपनाको रुपमा रहेकी ‘मिना दिदी’लाई सबै भन्दा बढी उक्त विद्यालयका छात्राहरुले स्मरण गरेका छन्। छोरीमान्छेले पढ्नु हुँदैन भन्ने समयमा छात्राहरुले सुरक्षित महसुस गर्दै अध्ययन गरेको उनीहरुको अनुभव छ। सम्पादक उमानाथ पोखरेलले भने मिना दिदी पुस्तकमा पुस्तकमा मिना दिदीको जिबन मात्र नभई आज भन्दा पचास बर्ष अघिको ग्रामिण क्षेत्रमा शिक्षाको अबस्था, महिला सिक्षिकाको सघर्षको कथा पढ्न पाईन्छ ।
विद्यालयका प्रधानाध्यापक तुलाबहादुर सारु आफूले पढेकै विद्यालयका प्रधानाध्यापक छन्। उनले आफैले पढाएकी गुरुआमाको बारेमा पुस्तक उहालाई नै अर्पण र लोकार्पण गर्न पाउँदा अत्यन्तै हर्षित भएको सुनाए।
बिद्यालयका संचालक समितिका अध्यक्ष , शंकर दर्लामीपनि आफ्नो मिना दिदीको बिधार्थी भएकोमा गर्भ महसुस गर्दै ,हामिले आफ्ना गुरुप्रति यसै गरि जीवित अबस्थामा नै सम्मान ब्यक्त गर्नु भने धारणा राखे । उनले भने- गुरुहरुले बिधार्थीको जिबन निर्माण गरिदिएका हुन्छन तर बिधार्थीले भने उहाहरुलाई सम्झने फुर्संद सम्म पाउदैनौ यो अति दुखद कुरा हो ।’ आफ्ना बिद्यालयका बिद्यार्थीले सुरु गरेको यो कदमको सबैले अनुकरन गर्नु पर्ने धारणा राखे ।
कार्यक्रममा उपस्थित धेरै जसो ‘मिना दिदी’कै शिष्यहरु थिए। उनीहरुले ‘मिना दिदी’ले पढाउँदा अनुभवहरु सुनाएका थिए भने पुस्तकमा पनि उनै ‘मिना दिदी’को संघर्षले आफूमा भएको परिवर्तन र सफलताका अनुभवहरु सुनाउने काम भएको छ।
साहित्यकार प्रतिक ढकालले भने – अहिले सयौ पुस्तक लोकार्पणमा आफु सहभागी भै सकेको तर यो खालको अनुष्ठानमा पहिलो पटक सहभागी हुन् पाउदा निकै प्र्फुलित भएको छु ।
गुरु आमा मिना दिदीको शिष्य मित्रलाल पोखरेलले ,आफनो जिबनमा गुरु आमा मिना दिदीको योगदान सम्झदै , अर्को जन्म हुन्छ भने गुरु आमाको कोखमा बसेर उहा सन्तान भएर जन्मन पाउ भने कामना रहेको कुरा बताई रहदा सबै भाबुक भएका थिए ।
त्यस पछि बरिस्ठ गायक तथा संगीतकार लोचन भट्टाईराईले आमा प्रति समर्पित गीत सुनाएकी थिइन । प्रदेश नम्बर ३ का परिक्षा नियन्त्रक निर्देशक जयन्ति सत्यालले ‘समाजमा अन्य क्षेत्रका ब्यक्ति लाई ठुला मान्छे भन्दै अभिन्दन गरिने तर शिक्षकलाई त्यसरी नसम्झने हुदा यो अति स्रहनिय कार्य भएको र अन्य बिद्यालयका बिधार्थीले पनि यसै गरि आफनो गुरु लाई अभिनन्दन गर्ने कार्य गर्नु पर्नेमा जोड दिईन । त्यस्तै संचारकर्मी अनिता बिन्दुले पनि यस कार्यलाई उदाहरण मानेर आगामी दिनमा पनि यस्तो कार्य देश भर हुनु पर्नेमा जोड दिईन ।
मिना दिदीको सुपुत्री तथा उहा कै बिधार्थी डा.आरती कार्कीले ,शिक्षण पेशा अति समानित पेशा भएको धारणा राख्दै , जिबन निर्माणमा सिक्षकको भूमिकाबारे प्रकाशन पारिन । आफूलाई शिक्षककी छोरी भन्दा निकै गर्व महसुस हुने कुरा पनि ब्यक्त गरिन ।
उक्त कार्यकर्मको संचालन गर्दै साहित्यकार नीलम कार्की निहारिकाले भनिन – गुरु दक्षिणा को यो नया शैलीको सुरुवात हो । आफू यस्ता सत कार्यमा हातेमालो गर्न सधै तत्पर भएको र अन्य तमाम गुरुहरुको यसै गरि सम्मान भएको देख्न चाहेको धारणा राखिन ।
प्रतिक्रिया