नेपाली चलचित्रको नयाँ बजार बिस्तारका लागि हामिले गरेको यो प्रयास सार्थक हुँदैछ।विभिन्न कामको अपडेट दिदै जाने क्रममा प्रेम गीत ३ हिन्दी संस्करण को सबै गीतको काम सकिएको जानकारी गराउँछौं।प्रेम गीत ३,नेपाली र हिन्दि भाषामा विश्वभरी प्रदर्शन हुदैछ।प्रदिप खड्का,क्रिस्टिना गुरुङ,सुनिल थापा,शिव श्रेष्ठ,मनिष राउत,सन्तोष सेन,लक्ष्मी बर्देवा,जिवन भट्टराई,पुष्कर कार्की,अनुभव रेग्मी,प्रेम पुरी,क्रिजन गौतम लगायतका कलाकारको अभिनय देख्न सकिने प्रेम गीत ३ हिन्दी संस्करण संगै अन्य भाषामा पनि प्रदर्शन गरिदैछ।
यो चलचत्रिको हिन्दी संस्करणको गीतहरुमा पाश्र्व गायक गायिकामा बलिउडका चर्चित गायक,म्युजिसियन तथा गीतकार आवद्ध भएका छन्।राहत फतेह अली खानःये सनम तुही तु..बोलको गीतमा उनले आवाज दिएका छन्।त्यस्तै अर्को गीत तुम प्यार हो मार्फत अंकित तिवारी र पलक मुछालले आवाज दिएका छन्। त्यस्तै अर्को डान्स नम्बर मुझ्मे बस् जनामा देव नेगी र पलक मुछालले स्वर भरेका छन।यसमा चर्चित गीतकार कुमार र एम तुराज को लेखन रहेको छ।सन्तोष सेनको लगानीमा निर्माण भएको चलचित्रमा छेतेन गुरुङ र सन्तोष सेनको निर्देशन रहेको छ।फागुन १३ देखी नेपालभरका हलमा चलचित्र प्रदर्शन गर्ने हाम्रो निर्णय भइसकेको छ।
प्रतिक्रिया