मेक्सिकोमा सडक दुर्घटनामा कम्तिमा ४९ जनाको मृत्यु ,पीडित अधिकांश आप्रवासी

इनेप्लिज २०७८ मंसिर २४ गते २:२५ मा प्रकाशित

मेक्सिकोमा भएको सडक दुर्घटनामा कम्तिमा ४९ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरुका अनुसार मारिने अधिकांश आप्रवासी रहेको बताएका छन ।

दक्षिणी मेक्सिकोमा बिहीबार एउटा लामो सवारी साधन गाडी (ट्रेलर) भार बाहक (ट्रक)सँग ठोक्किएर पल्टिँदा कम्तीमा ४९ जनाको मृत्यु भएको हो ।

ग्वाटेमालाको सिमानामा रहेको चियापास राज्यको नागरिक सुरक्षा सेवाले दुर्घटनामा कम्तीमा ५८ जना घाइते भएको बताएको छ, जसमध्ये तीन जनाको अवस्था गम्भीर छ।

मेक्सिकोका विदेशमन्त्री मार्सेलो एब्रार्डले मृत्यु हुनेमा केही विदेशी नागरिक रहेको बताए ।

“पीडित र प्रभावित परिवारहरूप्रति मेरो समवेदना। हामी प्रभावित देशका विदेश मन्त्रालयहरूसँग सम्पर्क गर्छौं,” एब्रार्डले सामाजिक संजाल ट्विटरमा लेखे भनि सिएनएनले जनाएको छ ।

प्रतिक्रिया