भारतमा हेलिकप्टर (उदग्रविमान)दुर्घटनामा भारतीय रक्षा प्रमुख विपिन रावतको मृत्यु संगै दार्जिलिङ्गका सत्पाल राई समेतको निधन 

इनेप्लिज २०७८ मंसिर २२ गते २३:२२ मा प्रकाशित

भारतमा भएको हेलिकप्टर (उदग्रविमान)दुर्घटनामा परि भारतीय रक्षा प्रमुख विपिन रावतको मृत्यु संगै दार्जिलिङ्गका सत्पाल राईको समेतको निधन भएको छ । उक्त जानकारी  दार्जीलिङ्गबाट भारतको संघीय सांसद राजु बिष्टले आफ्नो सामाजिक संजाल (फेसबुक)मा उक्त कुरा प्रकाशन गरेका छन्  ।

बिष्टले विपिन रावत, सत्पाल राई लगायतलाई सबैलाई समवेदना दिएका छन ।

भारतमा बुधबार डिसेम्बर ८ का दिन भएको सैन्य उदग्रविमान दुर्घटना हुँदा रक्षा प्रमुख विपिन रावत, उनकी पत्नीसहित १३ जनाको मृत्यु भएको छ । रावत भारतकै पहिलो रक्षा प्रमुख (चिफ अफ डिफेन्स) हुन् ।

बुधबार तमिलनाडूमा सैनिक उदग्रविमान  दुर्घटना भएको हो । सो उदग्रविमानमा १४ जना सवार थिए । दुर्घटनामा बिमान चालक भने घाइते भएका छन् । उनको उपचार भइरहेको जनाइएको छ ।

१३ जना मृत्यु हुनेहरुमा नेपाली मूलका दार्जिलिंग घर भै सैन्य रक्षा प्रमुख विपिन रावतका निजि सुरक्षा अधिकारी(पिएसओ )को रुपमा काम गर्थे भनि उल्लेख गरेका छन् । सांसद बिष्टले राई दार्जिलिंगको टकदहका हुन् भनि जनाएका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनरल बिपिन रावतको निधनमा दुःख व्यक्त गरेका छन् । मृतकका परिवारजनप्रति समवेदना दिएका छन ।

भारतीय वायुसेनाका अनुसार एमआई–१७ भी ५ उदग्रबिमान (हेलिकप्टर )दुर्घटना भएको हो । भारतीय रक्षामन्त्री राजनाथ सिंहले बुधबार दिउँसो नै विपिन रावतको घरमा पुगेर उनका परिवारजनसँग भेट गरेका थिए ।

जनरल रावत १ जनवरी २०२० मा देशको पहिलो रक्षा प्रमुख (चिफ अफ डिफेन्स )मा नियुक्त भएका थिए ।

प्रतिक्रिया