स्टार्टअप सक्सेस अवार्डबाट ‘खल्ती’ सम्मानित

इनेप्लिज २०७८ मंसिर ११ गते १२:३२ मा प्रकाशित

‘न्यु बिजिनेस एज’द्वारा आयोजित “न्यु बिज स्टार्ट अप समिट एण्ड अवार्ड २०२१” मा खल्ती (स्प्यारो पे प्रा.लि.) लाईस्टार्टअप सक्सेस अवार्डद्वारा सम्मानित गरिएको छ।

५ वर्षको यात्रामा खल्ती स्टार्टअपबाट एक सफल कर्पोरेट हाउस बनिसकेको छ।हाल कम्पनीमा २३०+ जना खल्ती परिवार छन् भने ६०,०००+ व्यापारी तथा २० लाख+ खल्तीका प्रयोगकर्ताहरूले ‘खल्ती’लाई विश्वास गर्दै आएका छन्।

यस उपलब्धिमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने,”यस सम्मानको योग्य बन्न पुर्याउनु भएको योगदानको लागि सम्पूर्ण खल्ती परिवार,साझेदार, नेपाल राष्ट्र बैंक,व्यवसायी,एजेन्ट र प्रयोगकर्ताहरूलाई धन्यवाद दिन चाहन्छौं। सहजताको साथ वित्तीय साक्षरता र पहुँच, हरेक नेपाली माझ पुग्न केही समय लाग्नेछ।त्यहाँ नपुगुन्जेल हामी कडा परिश्रम गरिरहनेछौं।”

खल्ती नेपालको फिनटेक उद्योगमा एक युवामैत्री, प्रचलित र नवीन ब्रान्ड बन्न पुगेको छ।हाल, लाखौं मानिसहरू नियमित रूपमा स्वयम् र एजेन्ट नेटवर्क मार्फत विभिन्न बिल भुक्तानी सेवाहरूको लागि व्यापक रूपमा प्रयोग गर्छन्। प्रयोगकर्ताहरूले विभिन्न बिल भुक्तानी सेवाहरू,मोबाइल र DTH रिचार्ज, उडान र होटल बुकिङ, चलचित्र र कार्यक्रम टिकट,पत्रिकाको शब्स्क्रिप्शन ,अनलाइन सपिङ साइट भुक्तानीहरू,र विभिन्न अन्य डिजिटल भुक्तानी सेवाहरू बीच बीमा प्रिमियम भुक्तानी सेवाहरू प्रयोग गर्न सक्नेछन्।

‘ खल्ती’ एप khalti.com/app बाट डाउनलोड गर्न सकिन्छ।

थप जानकारीको लागि आकृती शर्मा लाई [email protected] मा ईमेल गरि बुझ्न सकिन्छ।

प्रतिक्रिया