साहित्यिक यात्राका अनुभूतिहरु

अरुणबहादुर खत्री “नदी” २०७८ मंसिर ९ गते १३:३७ मा प्रकाशित

२०४९ सालतिरको कुरा हो विमोचन मासिक पत्रिकामा पत्रमित्र स्तम्भमा मेरो नाम ठेगाना र घरको फोन नम्बर प्रकाशित हुंदा लैनचौरबाट हरिराम पौडेलजीले मलाई फोन गर्नु भएको थियो।त्यही बेलादेखि उहाँसँग मेरो सम्बन्ध गाँसिन पुगेको छ। उहाँ त्यसबेला मैले कक्षा चारदेखि दशसम्म पढेर २०३९ सालमा एस.एस.सी. दिएको शान्ति विद्या गृह लैनचौरमा उहाँ कक्षा दशमा पढ्दै हुनुहुन्थ्यो।अहिले उहाँसंग मेरो गहिरो सम्बन्ध छ र उहाँले चलाउनु हुने रेडियो सिटीको हरेक शनिबार रातको ठिक ९०० बजेदेखि १०.०० बजेसम्म आउने चौथो प्रहर कार्यक्रममा मैले आफ्नो सृजना बेला बेलामा फोन गरेर सुनाउदै आएको छु।

उहाँको गीतसङ्ग्रहको समीक्षा लेखेर महामण्डल त्रैमासिक पत्रिकामा प्रकाशित पनि गरेको थिए।अनामनगरमा नेपाल बन्दको दिनमा हिँडेर म कवि मुक्तककार दाजु राधेश्याम लेकालीको घरमा पुगेको छु।लेकाली दाजुसंग मेरो सम्बन्ध निकै गाढा भएको छ।अध्यागमन कार्यालय एअरपोर्टमा मैले २ वर्ष ८ महिना काम गर्दा उहाँको परिवार नेपाल बाहिर जाँदा निकै सहयोग गरेको थिए।लोकगीत गायक हिरण्य भोजपुर र उर्मिला श्रेष्ठ अमेरिका जाँदा पनि सहयोग गरेको थिए।वियोगी बुढाथोकी दाजुको परिवार बेलायत जाँदा पनि सहयोग गरेको थिए।रुकु कार्की दिदी अमेरिका जाँदा र लक्ष्मी उप्रेती दिदी इण्डिया जाँदा मेरो भेट हुन पुगेको थियो।ज्ञानेन्दं गदाल,मदन पुरस्कार विजेता अमर न्यौपाने नेपाल फर्कदा मेरो भेट भएको थियो।मणिराज सिंह र कलाधर काफ्ले दाजु र अन्य साहित्यकारहरुले उहाँहरुलाई मैले ठूलो सहयोग गरेको हुंदा उहाँका कृतिहरुमा मेरो नाम राखिदिनु भएकोछ।२०७० सालमा कवि राधेश्याम भट्टराईको घरमा पुगेर उहाँसंग र भाउजुसंग भेटेर साहित्यिक बार्तालाप गर्ने अवसर जुरको थियो।भाउजु अहिले हामीमाझ हुनुहुन्न।साहित्यकार तथा गायक गणेश रसिक दाजुको घरमा पनि बेला बेलामा टंगाल गहनापोखरीमा पुग्थे र दाजुभाउजुसंग रमाइलो कुराकानी हुन्थ्यो। भाउजु अहिले हामीमाझ हुनुहुन्न।

२०७४ सालमा मैले पोस्टेटको अपरेशन गरेपछि साहित्यकार दाजु विष्णुविभु घिमिरे नेपाल प्रज्ञा प्रतिष्ठानको उपकुलपति हुनुहुदा निकै ठूलो सहयोग गर्नु भएको थियो। सुरुमा विष्णुविभु दाजुसंग विमोचनको कार्यालयमा जाँदा उहाँले विमोचन पत्रिका हेर्ने गर्नुहुन्थ्यो डिल्लीबजारको बाटुलेघरमा पसेर मैले रचनाहरु दिन्थे र मेरा रचनाहरु बेला बेलामा छापिन्थ्यो।मधुपर्कको सहसम्पादक त्रिभुवनचन्द्र वाग्ले दुईपटक मेरो घरमा कवितासङ्ग्रह लिएर मलाई दिन आउनु भयो र विमल भौकाजीले निकाल्नु हुने शारदा मासिक पत्रिकामा उहाँको कवितासङ्ग्रहको समीक्षा छाप्न पाए।२०४९ सालतिर म मालीगाउँमा पुग्दा भिमनिधि तिवारीको छोरीहरु डा. बेञ्जु शर्मा र मञ्जु काँचुलीको घरमा पसेर भेट्ने अवसर मिल्यो।त्यही बेलादेखि उहाँहरुसंग मेरो सम्बन्ध गाँस्यो।दुबै दिदीहरुको कविता र कथासङ्ग्रहको समीक्षा लेखेर मधुपर्क र गरिमामा प्रकाशित भयो।रामकुमार पण्डितले मलाई २०७१ साल प्रकाशित भएपछि नेपाल प्रज्ञा प्रतिष्ठानमा साहित्यिक कार्यक्रममा भेट हुदा देशको खोजी नामक लघुकथासङ्ग्रह दिनु भएको थियो समीक्षा लेख्न भनेर।तर उहाँको लघुकथासङ्ग्रह मेरो खाटमुनी थन्केर बसेको रहेछ।२०७६ सालतिर उहाँले मलाई खै मेरो लघुकथासङ्ग्रहको समीक्षा गरिदिनु भएन नि भन्नु भयो उहाँले सम्झाउनु भएपछि मैले उहाँको लघुकथाको समीक्षा लेखेर भिम खरेल दाजुले निकाल्नु हुने प्रतिनिधि द्वैमासिक पत्रिकामा प्रकाशित भयो र २०७६ भाद्र कुशे औंसीको दिनमा लेखनाथ साहित्य सदनमा उहाँलाई बोलाएर पत्रिका दिन पुगे।त्यसपछि उहाँले कवितासङ्ग्रह मेरो अफिसमा ल्याएर दिनु भयो र अहिले निस्केको कथासङ्ग्रह मेरो घरमा ल्याएर दिनुभयो।डा. रविन्द्र समीर पनि एकताका गोंगबुको बाटोबाट शनिबारको दिन ओहोरदोहोर गर्दा फोन गरेर मलाई बोलाउनु भएर उहाँका कृतिहरु दिने गर्नु हुन्थ्यो।अहिले उहाँको कृतिहरु मैले पाउन सकेको छैन।

२०४७ सालमा न्यूरोडको पिपलबोटमा अफिसबाट घर फर्कदै गर्दा एकछिन पत्रिका हेर्नतिर लागे।पत्रिका हेर्दै गर्दा महालेखा परीक्षकको कार्यालयमा काम गर्नु हुने मित्र बौद्धराज अर्यालजीले मलाई चिन्नु भयो अरुणजी ? भनी प्रश्न गर्नु भयो।मैले कता कता देखेको जस्तो लाग्छ भने।म को हुं त उहाँले भन्नु भयो ?तपाईलाई बबरमहलतिर देखेको हुनुपर्छ नाम त अहिले मेरो मनमा आउन सकेन भने।म बौद्धराज अर्याल आकाश हुं उहाँले भन्नु भयो।त्यतिखेर म भवन विभागमा काम गर्थे।भवन विभाग र महालेखा परीक्षकको कार्यालय बबरमहलमा संगसंगै थियो । त्यसपछि हाम्रो सम्बन्ध बढ्दै गयो।कपिलबस्तुबाट निस्कने ज्ञानमञ्च पत्रिकामा उहाँका सामान्य ज्ञान सम्बन्धी रचनाहरु प्रकाशित भैरहन्थ्यो मेरो पनि भैरहन्थ्यो । पत्रिका आनन्दवाग कपिलवस्तुबाट मनौज पौडेल प्रगतिले निकाल्नु हुन्थ्यो र हुलाकबाट हामीलाई पठाइदिनु हुन्थ्यो।एकपटक निजामती साहित्यकार विशेषाङ्कको लागि उहाँसंग रचना माग्न जाँदा रमा दुलाल मेडमलाई चिनाइदिनु भयो।रमा दुलाल मेडमले पनि कविता लेखेर मलाई दिनुभयो।अहिले बौद्धराजजी र रमा दुलाल मेडमसंग फेसबुकमा साथी बनेर मेसेन्जरमा कहिलेकाही कुराकानी भैरहन्छ।

२०४७ सालमा म भवन विभागमा जागिर खादा महालेखा नियन्त्रकको कार्यालयको साथीहरु तोमलाल सुवेदी विनयी र सहकुल खड्कालाई भेट्न जाँदा शान्तराज सुवेदी प्रतिक्षा सरसंग मेरो परिचय भयो।उहाँको नाम गोरखापत्रमा सम्पादकलाई चिठ्ठीमा पिपल्स क्याम्पस पकनाजोलको ठेगानामा देखिरहन्थे।मैले पनि सम्पादकलाई चिठ्ठी गोरखापत्रमा बेला बेलामा पठाएर छापिन्थ्यो।उहाँले २०४९ तिर हुलाक अधिकृतमा नाम निकाल्नु भएको थाहा पाए।उपसचिव र सहसचिवमा लिखित परीक्षा दिएर नाम निकाल्नु सफल हुनुभयो।अहिले उहाँ विशिष्ट श्रेणीको सचिव पदबाट सेवानिवृत्त हुनुहुन्छ।उहाँले जम्मा पच्चीस वर्षमात्र निजामती सेवामा जागिर खानु भएको रहेछ।अहिले फेसबुकमा हाम्रो कुराकानी भैरहन्छ।२०७६ सालमा राष्ट्रकविलाई जन्मदिनको शुभकामना दिन जाँदा नेपाल टेलिभिजनले मेरो पनि राष्ट्रकविसंग बसेको फोटो खिचेर धेरैले नेपाल टेलिभिजनमा देख्न पाएका थिए। शान्तराज सरले पनि अरुणजीलाई आज राष्ट्रकविसंगै नेपाल टेलिभिजनमा देख्न पाइयो नि भन्नु भयो।अर्को वर्ष राष्ट्रकविलाई हामी कसैले जन्मदिनको शुभकामना दिन पाएनौ।

– अरुणबहादुर खत्री “नदी”

प्रतिक्रिया