गीतकार अग्नि पराजुली ,केशब दाहाल लगायतको स्वरमा नयाँ गीत ‘उर्वसी ‘ सार्वजनिक

इनेप्लिज २०७८ कार्तिक १५ गते २१:४४ मा प्रकाशित

साहित्यकार एबम गीतकार अग्नि पराजुलीले आफनै शब्द,संगीतमा नयाँ गीत ‘उर्वसी ‘ सार्वजनिक गर्नु भएको छ ।

गायिका पुस्तका खड्का ,केशब दाहाल ,उमा पराजुली र अग्नि पराजुलीको स्वर रहेको गीत ‘उर्वसी ‘लाई आमोस तामांगले संगीत संयोजन गर्नु भएको हो ।

एपी इन्टरटेन्टमेन्टको अफिसियल च्यानलबाट सार्वजनिक गीतको भिडियोमा लोकप्रिय मोडेल करिश्मा ढकाल र कमल सिंहको अभिनय रहेको छ ।

पछिल्लो समयका ब्यस्त युवा निर्देशक प्रहिल कार्कीको निर्देशनमा बनेको भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी ,आभेश बज्राचार्यको सिनेमाटोग्राफी र माधव बेल्बासेको कलर ग्रेडिंग तथा सम्पादन रहेको छ ।

प्रतिक्रिया