सलिना खत्री फिचर्ड रानीको रोमान्टिक गीत ‘चोखो माया’ रिलिज ( भिडियो )

इनेप्लिज २०७८ कार्तिक १५ गते १६:५७ मा प्रकाशित

करिब एकमहिना अघि दशैँलाइ लक्षित गरेर ‘सरर’ गीत रिलिज गरेर सफलता हासिल गरेकी गायिका रानी शाक्यले महान चाडहरु तिहार र नेपाल सम्बत ११४२ को अवसर पारेर ‘चोखो माया’ गीत सार्वजनिक गरेकी छिन।

पछिल्लो समय सक्रिय रुपमा गीतलेखन व्यस्त गीतकार राजेश शाक्यको मिठो शब्दरचना र कल्याण सिंहको कर्णप्रिय संगीत रहेको गीतमा दिक्षित पौडेलको एरेन्जमेन्ट रहेको छ।रोमान्टिक शैलीको गीतले रिलिज भएको केहि घण्टामा नै दर्शकको सत प्रतिसत राम्रो कमेन्टहरु प्राप्त गरेको छ।

 

मोडेल सलिना खत्री फिचर्ड भिडियोमा सियोन श्रेष्ठको कोरियोग्राफी ,सुप्रीम पराजुलीको सम्पादन र रुपेश थापाको क्यामेरा र निर्देशन रहेको छ।भिडियोलाइ रानी शाक्यको आफ्नै युट्युब च्यानल (Rani Shakya) बाट सार्वजनिक गरिएको हो।हाल अमेरिकाको मेरिल्याण्डमा रहेकी गायिका शाक्यको अहिले सम्म ५ दर्जन भन्दा बढी गीतहरु आइसकेका छन।आधुनिक,डान्सिङ गीत, लभ भर्सनका गीतहरुको साथै चलचित्रको पार्श्व गायनमा समेत आफुलाई अब्बल सावित बनाइसकेकी छिन।

प्रतिक्रिया