काठमाण्डौं।अमेरिकामा रहेका गीतकार तथा समाजसेवी दिलिप योञ्जन तामाङ् र लक्ष्मी गुरुङ तामाङले एक जना बालिकालाई पढ्नको लागी पूर्ण छात्रबृति प्रदान गरी सहयोग गर्नुभएको छ।लिटिल बर्ज इङलिस स्कुल काठमाण्डौमा अध्ययनरत छात्रा रजनी तमाङलाई कक्षा ११ मा होटल म्यानेजमेन्ट पढनको लागी पूर्र्ण छात्रबृति प्रदान गरिएको गीतकार तथा समाजसेवी दिलिपले बताउनुभयो।शिक्षाको उज्यालो किरणबाट कोही बालवालिक पनी वन्चित बन्नु नपरोस भनेर आफुले नानीको लागी सहयोग गरेको योञ्जनले बताउनुभयो।
समाजसेवी डाक्टर दिल बहादुर तामाङ र मिस तामाङको छोरी सफलता तामाङको अनुरोधमा पढाउने जिम्बेवारी लिएको उहाँले बताउनुभयो।यस अगाडि पनी गीतकार योञ्जनले काठमाण्डौंको बुढानिलकण्ढको भगवती माविमा अध्यययनरत प्राथमिक तहका बालबालिकाको लागी विभिन्न समयमा सहयोग गर्नुभएको थियो ।निम्न आय भएको कारणले आफुनो पारिवारिक बाध्यताको कारणबाट शिक्षाबाट बन्चित भइरहेको अवस्थामा आफनो शिक्षाको लागी सहयोग गर्ने दिलिप योञ्जन र लक्ष्मी योञ्जनको साथलाई आफुले कहिल्यै नभुल्ने उहाँले बताउनुभयो।
प्रतिक्रिया