बिराट म्युजीक एण्ड फिल्म अवार्डमा सुवेदीलाई पुरस्कार

इनेप्लिज २०७८ कार्तिक ११ गते १०:३९ मा प्रकाशित

काठमाडौं,११ कार्तिक-कोरोना महामारीका कारण ठप्प भएको नेपाली चलचित्र तथा संगीत क्षेत्रलाई चलायमान बनाउने उद्धेश्यले अधिराज्य मिडिया नेटवर्कले ‘बिराट म्युजीक एण्ड फिल्म अवार्ड–२०७८’ आयोजना गर्ने भएको छ।त्यसका लागि आयोजक संस्थाले नोमीनेशन फर्म खुल्ला गरिएको जनाएको छ।

गीतसंगीत तथा फिल्मसम्बन्धी बिभिन्न ४४ बिधामा अवार्ड प्रदान गरिने समारोह कार्तिक २५ गते राजधानीमा आयोजना हुने जानकारी कार्यक्रम संयोजक केवल भुजेलले दिएका छन्।समारोहमा गीतसंगीतका ३० र फिल्मका १४ गरि जम्मा ४४ बिधा छन्।प्रतिस्पर्धात्म तथा जुरी अवार्डका साथै गीतसंगीत तथा चलचित्रका स्रष्टाहरुलाई सम्मान समेत प्रदान गरिने जनाइएको छ।सोही समारोहमा लामो समय चलचित्र पत्रकारितामा अनवरत साधनारत चलचित्र पत्रकार लक्ष्मण सुवेदीलाई ‘सर्वाेत्कृष्ट चलचित्र पत्रकार–२०७७’ को रुपमा नगद राशीसहित पुरस्कृत गरिने आयोजक संस्थाले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ।चलचित्र पत्रकार संघको पूर्वउपाध्यक्ष समेत रहेका सुवेदी चलचित्र पत्रकारितामा सिद्धहस्त मानिन्छन्।

 

प्रतिक्रिया