पूर्वप्रधानमन्त्री ओली–पत्रकार भेटघाट

इनेप्लिज २०७८ कार्तिक ९ गते १०:०७ मा प्रकाशित


विराटनगर,९ कात्तिक।नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनताले विश्वास गर्ने महत्वपूर्ण अङ्ग सर्वोच्च अदालतबाट अशोभनीय काम हुन नहुने बताउनुभएको छ।

प्रेस चौतारी मोरङद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले न्यायाधीशको आँगनमा बसेर न्याय दिनबाट बञ्चित गर्नु राम्रो होइन भत्रुभयो।

पूर्वप्रधानमन्त्री ओलीले आफू अनुसार नभएमा न्यायाधीश नमात्रे गलत परम्पार हो भन्दै सम्मानित अदालत लोकतन्त्रको स्तम्भ हो भत्रुभयो।

न्यायालय निष्पक्ष, स्वतन्त्र र शक्तिपृथिकरणको सिद्धान्तमा चल्नु पर्ने भनाई राख्दै पूर्वप्रधानमन्त्री ओलीले सर्वोच्च अदालत संविधानको भावना र मर्म अनुसार चल्नु पर्ने कुरामा जोड दिनुभयो।

कुनै एउटा सानो समूहबाट वर्तमान प्रणाली माथि प्रहार भइरहेको चर्चा गर्दै सङ्घर्ष र बलिदानीबाट पाठ सिकेको हाम्रो पार्टीले त्यसलाई परास्त गर्ने छ भत्रुभयो।

उहाँले सरकार ठिक ढङ्गले सञ्चालन भइनरहेको,संसदले कुनै काम गर्न नसकेको बताउँदै सभामुखको हैसियत पार्टीको कार्यकर्ता जस्तो हुनु भएन स्पष्ट पार्नुभयो।समय खेर फाल्नु भन्दा निर्वाचन जानु राम्रो हो पूर्वप्रधानमन्त्री ओलीको भनाई थियो ।

प्रतिक्रिया